• ४ साउन २०८३, सोमबार
  • २:१३ बिहान

न्यायलायको सिंहासनमा नालायकको बस्ती

प्रकाशित मिति

२०७६ जेष्ठ १५ गते, बुधबार १२:२२

लेखक – उत्सव बजगाईं

(न्यायलायको सिंहासनमा नालायकको बस्ती)
नेपाल आमाको पहिचानत्व झल्काउने २०८ राष्ट्रहरु मध्येको नमूना अंश हो । प्यारो मातृत्वको भूमि
नेपाल । शहिद र विरताको स्पर्श र त्यागको योगदान हो नेपाल । १२५ जातजाति र १२३ भाषा भाषी र
३६ वर्ण नेपालीको साझा फुलवारी सत्यता र न्यायको बगैंचा हो नेपाल । नेपाल आमाप्रतिको अस्थिरताको
बयान र टिका टिप्पणी गर्ने, नैतिकता त छैन ममा तर यस राष्ट्रको उच्च सिंहासनमा राजगद्दी चलाएर
भष्टाचारको चप्पल लगाएर विकास एजेण्डाको प्रतिनिधित्व गर्छु भन्ने आश्वासन दिदै मुसाको चालमा
विरोला तर्साउने रणनीति बुनैका मुखिया र जरजिरहरु प्रति औंला उठाउने अधिकार नागरिकत्वको हिसावले
ममा पनि हुनै पर्छ । यसमा कुनै दुईमत छैन होला झै लाग्छ । अन्यायको विरुद्ध ढोल बाजा बजाउँदै
निर्दोष र एक कुशल देश प्रेमताको र मानवतावादको प्रतिनिधित्व गर्ने नागरिकको अल्पायुमा मृत्युवरण
गर्नुपर्ने कहिलेसम्म जवाफदेउ । मेरो देशको सरकार । एउटा १३ वर्षीय बालिकाको निर्मलाको शोकमा
डुब्दै न्यायको निम्ति सरकारको ढोका ढकढकाउँदा आमाले शोकको भुमरीमा तडपिनुपर्ने, बाबुले मानिस
चेत गुमाउनु पर्ने कहिलेसम्म जवाफ देउ र मेरो देशको सरकार । देशको उद्योग धन्दा बच्दै, बाहिरी
राष्ट्रको गुलामी बन्दै श्रम सम्झौता गर्दै आकाशको बाटो भई वर्षे ५० हजार युवायुवती पलायन हुनु पर्ने,
बालबालिका टुहुरा हुनु पर्ने । हरेक बस्तीबाट हरेक महिना महिलाहरुको सिन्दुर पुछिनु पर्ने अन्धकारको
पिटघेरामा, मरुभूमिमा गरिवको छोराले रगत र पसिनाको खोला बगाउनु पर्ने कहिलेसम्म जवाफ देउ र
मेरो देशको सरकार हाल दुरावस्थाको टिका टिप्पणी के गर्नु २००७ सालको क्रान्ति अर्थात्पृथ्वीनारायण
शाहले एकिकरण गरे पश्चातका राजनितिक घटनाक्रमको इतिहास हेर्ने हो भने आजको दुई तिहाइ
कम्युनिष्ट शाषकत्वको एकताले पनि नेपालमा न्याय, शान्ति समता, समृद्धि र सुशासन कहिल्यै आएको
देखिएन । यो वा त्यो नाममा जनता प्रताडित हुने यो नयाँ युगको मात्र घटना होइन । सरकारमा दुई
तिहाई बहुमतको निष्कर्ष के सरकारको अगाडिको स बाट सक्दिन, दुईतिहाइको ति बाट तिरीमिरी झ्याई
के कुशासन सारत्व मात्र हो ।
देशमा जबजब आन्दोलन र संघर्षहरु निष्कर्सोमुख चुलिदैं जान्छन् । तबतब हरेक सरकारले
नेतृत्वको सम्झौतार सुशासन, सुव्यवस्थान, आर्शिक सुढृकरण, न्यायिक जस्ता कुरामा धात गर्दै आइरहेको
जगजोहर छ । विगतका दिनमा २५ औं शताब्दी युगदेखि राणा शासनकालको जनताप्रतिको दुराचारको
अन्त्य गर्ने निष्कर्षका साथ राजाहरुले नारायणहिटी दरबार छाड्दा जनताको घरदैलो र मन मस्तिष्कमा
ढोल बाजा र खुसीयालीको सारबगी बजेको थियो । जबकी राणा शासन विरुद्धको आन्दोलन शुरु प्रश्चात
वि.सं. २०७ साल असोज ७ र ८ गते भारतको बंरगनीमा भएको नेपाली कांग्रेसको सम्मेलनले नेपालमा
राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि संस्था गर्ने निर्णय गरे अनुरुप २००७ साल कार्तिक
२५ गतेदेखि मातृका प्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको शसस्त्र संघर्ष शुरु भयो । त्यसपछि
नेपाली कांग्रेसले एकमुष्ट एकलौटीपनका साथ ३० वर्षको अन्तराल राष्ट्र एकिकरण गर्यो । खै नेपाली
जनताले के पाए । नत उज्यालो शिक्षाको ज्योति नै पाए । न त अन्धकारको पिटघेराबाट उज्यालो संसारमा
रम्न नै पाए । हरेक महिला बलाष्कृत सिकार हुन बाध्य भए । अन्धकार मै जिविको पार्जन गर्ने बाध्य भए

Kamana Sewa

खैकसले दिलायो न्याय जहिल्यै न्यायलयको सिंहासनमा न्यालयको बस्ती बसाए । न्याय सधैं अन्धकारको
पेटघेरामा रोम्लियो । अन्यायको विरुद्ध आवाज उठाउने देश प्रेमीले मृत्युवरण गर्न बाध्य भए । सायद यदि
थियो होला न्यायलयको र प्रजातन्त्र सशस्त्र संघर्षको पिटघेरा । विगतमा १७ हजार मारिए । हजारौं
महिलाको सिन्दुर पुछिए । लाखौं बालबालिका घरपरिवारबाट बाहिरिएर टुहुरा हुन पुगे सायद त्यहि नै
थियो होला गणतन्त्रको रिट । २०४७ सालबाट कार्यन्वयन हुनु पुगेको बामपन्थी पार्टी अर्थात्कम्युनिष्ट
पार्टीको त्यसपछि दुरदर्शा र अनियमितता, अन्यायको विन्दुबाट न्यायको शोक बनाउने टाउकेहरुले राजगद्दी
गरे सायद त्यहि थियोहोला न्यायलयको सिंहासनको प्रतिनिधित्व, लैचारिकता ।
त्यसपछिको कार्यकाल कम्युनिष्ट प्रजातान्त्रिकको आलोपालोमा देश लुटाए । गरिब जनता
भोकभोकै मर्न बाध्य भए । महिला बलात्कृत र शोषणमा पर्ने बाध्य भए । न्यायलयको सिंहासनमा
नालायकको बस्ती बसाए । कसले पाओस उद्धार, न्यायको न्यायलयमै टाउकेहरुले ढोल बाजा बजाए ।
आज दुई कित्तामा बाडिएका पार्टी दुई तिहाईको एकतामा बाधिएका छन् । यी दुई शक्तिहरु आफ्नो
उद्देश्यमा प्रति जागृत भएतापनि न्यायलयको सिंहासनमा नालायकलाई राजगद्दी गराइसकेका छन् ।
तत्कालिन घटना पनि के भनम गरिब कि छोरी निर्मला पन्तको बलात्कारी र हत्यारालाई लुकाउँदै
जनतालाई एक आपसमा जुदाउँदै । दुई तिहाई कम्युनिष्ट सरकारले पनि देशप्रतिको र जनताप्रतिको
उत्तरदायित्व कौंडीको भाउमा देखाइसकेको छ । सायद राजा दरबार हत्याकाण्डको प्रर्दाफास, जननेता
मदन भण्डारी जस्ता नेताहरुको हत्यारा पत्ता नलागेको देशमा निर्मलाले न्याय पाउलिन भन्नु त आकाशको
फल आँखा तरी मर भन्ने उखानमा सिमित होला भन्ने झै लागिसक्यो । कठै नेपाल आमा यहि गति र
दिशामा सरकारको यात्रा जारी रहने हो भने अब चार पाँच वर्षमा समृद्ध नेता र सुखी नेता बन्ने त
देखिन्छ । तर जनताको जीवनस्तर झन दयनीय र कष्टकर बन्दै जाने देखिन्छ । राष्ट्रको सबै दृ्रष्टान्त हेर्ने
हो भने जनताले उज्यालोको विकल्प खोजिरहेका छन्। मुक्ति खोजी रहेका छन्। वास्तविक शान्ति, न्याय,
अधिकार, समता र समृद्धि खोजिरहेका छन्। यही अवस्थामा छिटै यो शासन व्यवस्था विरुद्धमा जनताको
ज्वारभाट, फाट्नेवाला छ, जनताको धैर्यताको बाँध फुट्नेवाला छ । जनसागर उर्लनेवाला छ । खबरदार

Classic Tech Desktop

प्रतिकृया