टुँडिखेलमा गणतन्त्र दिवस कार्यक्रम
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ०१:१३
काठमाडौं । काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ । संघीय सरकारले १२औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो । बुधबार काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीर्शमा ओलीसहित विभिन्न विशिष्टहरुको उपस्थितिमा गणतन्त्र दिवस मनाइएको हो।
सोही कार्यक्रमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस नागरिकको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउनुभएको छ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आएको दिनलाई नेपाली नागरिकले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ११ वर्षअघि आजकै दिन नागरिकले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण पनि गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई एउटा प्रगतिशील परम्पराको सुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताउदै गणतन्त्र दिवसले आमनागरिकले निर्वा्चित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्ने धारणा राख्नुभयो र गएको एक वर्षको अवधिमा सरकारले सुशासन र विकासका लागि अवरोध र्पुयाउने असान्दर्भिक नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र खारेज गरेको बताउनुभयो ।

गणतन्त्र दिवस समारोहमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका सभामुख गणेश तिमिल्सिना, प्रधान न्यायाधीश, मन्त्रीलगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । समारोहमा विभिन्न संस्कृति झल्कने झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।


sf7df8f}F, !% h]7 -/f;;_ M afx|f} u0ftGq lbj; d”n ;df/f]x ;ldltn] a’waf/ laxfg 6’Fl8v]ndf cfof]hgf u/]sf] sfo{qmddf nfv] gfFr k|:t’t ub} . tl:a/ Mk|bLk/fh jGt,/f;;




प्रतिकृया