लागु औषध कारोबारी भक्तपुरबाट पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ १५ गते, बुधबार ०१:२७
भक्तपुरः भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.८ स्थित रहेको जगाती चेकप्वाईन्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा लागुपदार्थ सहित धनकुटाका राजेश राई पक्राउ परेका छन् ।
मंगलबार दिनको दुइ बजेको समयमा बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेका राई बा.४१ प.३१५५ नम्बरको १५० सि.सि.को निलो रंगको पल्सर मोटरसाईकलसहित पक्राउ परेका हुन् ।

धनकुटाको साबिक महाभारत गा.बि.स.वडा नं.२ हाल साँगुरीगढी गाउँपालिका वडा नं.७ बस्ने २४ वर्षीय राजेश राईपक्राउ परेका हुन् ।

राईले बोकेको झोलाको खानतलासी गर्दा उक्त झोलाभित्र लुकाई छिपाई राखेको Buprenorphine injecation i.p. LUPIGESIC 2ml को ९८ थान एम्पुल Pheniramine maleate injecation i.p. AVIL 2ml को १०० थान एम्पुल Promethazine Hydrochloride injecation i.p. Phenergan 2ml को १०० थान एम्पुल DIAZEPAM injecation i.p. 2ml को ७२ थान एम्पुल शिशाको बाहिरी भागमा कुनै पनि लोगो नभएको लागु औषध जस्तो देखिने २६ थान लागु औषध एम्पुल समेत गरी जम्मा ३९६ थान लागु औषध एम्पुल लगायतका लागुऔषधहरु बरामद गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।




प्रतिकृया