• १ असोज २०८३, बिहीबार
  • ६ः१८ बेलुका

आमाबुबा इँटा भट्टामा, ठेलामा बच्चा

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार ०९:२२

काठमाडौं: १० महिने निर्जल नेपाली र उनकी दिदी १४ महिने सुस्मिता नेपाली यो जाडोका बेला माटो ओसार्ने ठेलामै दिन गुजार्न बाध्य छन्। सिन्धुलीका नीरबहादुर नेपाली दुई पत्नीसहित ललितपुरको एक इँटाभट्टामा काम गर्ने भएकाले यी नाबालकलाई ठेलामा छाड्ने गरेका हुन्। नेपाली दम्पती तीन काखे बच्चा लिएर दुई महिनाअघि ललितपुर आएको थियो।

National Life

उनीहरूको निवासमा दिउँसो २ बजे पुग्दा नीरबहादुरकी जेठी पत्नी कमला निर्जललाई काखमा लिएर खाना खाइरहेकी थिइन्। छेउमै थिए ३ वर्षे अर्का छोरा। बच्चाका हातखुट्टा फुटेर कालै देखिन्थ्यो। काखमा रहेका बच्चा बान्ता गरिरहेका थिए। कमला भन्दै थिइन्, ‘७–८ दिन भइसक्यो बान्ता गर्न रोकिएको छैन। उँधै उँभै भएर बच्चालाई बचाउनै मुस्किल भइसक्यो। कामको चापाचाप छ। बच्चा हेरेर कसले बस्नु रु दुःख नगरे खानै पुग्दैन।’ उनले केही बेरमा दुई बच्चालाई माटो बोक्ने ठेलामा हालिन् र आफू माटो ओसार्न लागिन्।

उनले भुइँमा छाड्दा माटो खाने, जताततै हिँड्ने भएकाले बच्चा हुर्काउन ठेला रोज्नुपरेको सुनाइन्। भनिन्, ‘काखमै लिएर हुर्काउन त मन छ नि १ तर, पापी पेट पाल्नै परो।’नीरबहादुरले सालीसँग पनि बिहे गरेका रहेछन्। कान्छी पत्नीतर्फकी छोरी हुन् सुस्मिता। गाउँमा गरेर खान पुग्ने जग्गा छैन। नीरबहादुरले भट्टामै काम गर्दै जीविका चलाउँदै आएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सन्तानेश्वर इँटा उद्योग वरपर देखिन्छन् टिनका छाप्रा। यी छाप्रा इँटा बनाउने मजदुरका अस्थायी वासस्थान रहेछन्। टहरा वरिपरि स–साना बच्चा खेलिरहेका थिए। हरेक छाप्रोभित्र काखे बच्चा बोकेका महिला घरधन्दामा अल्झिएका देखिन्थे। पुरुषहरू माटो ओसार्न खलातिर व्यस्त थिए। उनी बिहान झिसेमिसे हँुदासम्म एक लट इँटा बनाइसक्छन्।

गत वर्ष १ हजार इँटा बनाउँदा १ हजार २ सय ५० रुपैयाँसम्म पाउँथे उनीहरू। तर, यसपटक कोरोना महामारीले गर्दा काम गर्ने धेरै छन्। काम पाउनै गाह्रो रहेको कामदार बताउँछन् । ५० परिवारले सक्ने काममा ७० बन्दा बढी परिवार आएका छन्। त्यही भएर १ हजार इँटा बनाएको ज्याला १ हजार १ सय पाउँछन्। अधिकांशलाई फागुनमै भट्टा बन्द हुन्छ कि भन्ने चिन्ताले सताएको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिकृया