दुर्घटनामा दुई जनाको मृत्यु
प्रकाशित मिति
२०७७ माघ १८ गते, आईतवार ०९:४६
सदूरपश्चिम: पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर सडकखण्डमा शनिबार राति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।
दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया