• १३:३५ २०८० चैत्र १६ गते
  • 1:35 pm

शान्ति सुरक्षाका मामलामा कुनै कम्परमाइज हुँदैनः प्रमुख लामा

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार १०:००

144973327 3685026028277525 3372169231328017793 n

बागमती प्रदेश प्रहरी प्रमुखमा छन् प्रहरी नायब महानिरीक्षक (डिआइजी) बसन्त कुमार लामा । प्रहरी सेवामा लामो समय बिताएका उनी निडर कर्मठ व्यक्ति हुन् । बिभिन्न जिल्लामा प्रहरी प्रमुख भएर कार्यसम्पाद गर्दै आएका उनी कास्की र काठमाडौंमा प्रमुख रहदा निकै लोकप्रिय बन्न पुगेका थिए । इमान्दारीता र कतव्र्यपरायण भएर काम गर्ने हो भने सफलता सहजै हात लाग्न सक्दछ भन्ने मान्यता बोकेर हिड्ने लामा आन्तरिक सुद्धिकरणबाट नै प्रहरीलाई थप मजबुद बनाउन सकिन्छ भन्ने मान्यता राख्दछन् । प्रहरी कर्मचारीमा असल काम गर्नेलाई पुरस्कृत र अराव आचरणभएकालाई कारबाही गर्नुपर्दछ जसले संगठनमा देखिने बिकृत हटाउन सहज हुन्छ भन्ने मान्यता बोक्ने उनी प्रहरी कर्मचारीकाबीच पनि निकै लोकप्रिय मान्छिन् ।

आज यिनै प्रहरी प्रमुख बसन्त लामाले समग्र बागमती प्रदेशको सुरक्षा अवस्था, आगामी रणनीति र संगठनको कामहरु , सुरक्षा व्यस्थालाई थप मजवुद बनाउन के कसरी कामहरु भइरहेका छन् , आन्तरिक संगठन सुधार र भौतिक निर्माणका कामहरु कसरी अगाडि बढेका छन् भन्ने विषयमा आधारित रहेर मातृभूमि न्यूजसँग गरेको कुराकानीको संक्षिप्त अंश ।

प्र. बागमती प्रदेशको सुरक्षा व्यवस्थापन कस्तो छ ?

समग्रमा हामिले सुरक्षको स्थिति अहिले के-के गर्यौ भनेर हेर्न हो भने अपराधका स्थिति प्रहरीहरुसँग झडप भएको अवस्था अथवा कुनै अपराधको स्थितिलाई हेर्न हो भने पनि विगतको स्थिति भन्दा २.९ प्रतिशतले घटिरहेको देख्न सकिन्छ । यसलाई पनि कतिपय अवस्थामा कोभिडको कारणले गर्दा पनि धेरै मान्छेहरुको यि बिचमा चोरीको घटना घटेका अवास्था रहेको छ । त्यस्तै गरि आर्थिक घटनाहरु घटेका अवस्था रहेको छ संगठित घटनाहरु घटेको अवस्था रहेको छ । अहिले बढेको घटना भनेको अत्माहत्यको घटनाहरु बढेको छ र महिलाहरु सम्बन्धिकेसहरु बढेको अवस्था रहेको छ । त्यसरी अपराधको अवस्था शान्ती शुरक्षको अहिलेको अवस्था हेर्ने हो भने सामान्य अवस्था नै देखिएको छ ।

प्र. सुरक्षा व्यवस्था मजबुद बनाउन के के गर्नुभयो ?

यस संम्बन्धमा हामीले के गरेका छौँ भने एउटा कार्ययोजना तयार गरि कार्य गरेका छौ । त्यस मार्फत हामीले के गरेको छौ भने विभिन्न केन्द्र गढहरुमा समेत सम्झौता गरेका छौँ । त्यो सम्भौँतामा हामीले यस प्रदेशमा वटा विभिन्न बुँदाहरु राखेर तालिम केन्द्रहरुलाई चाहि हामीले सम्भौता गरेर स्पष्ट रुपमा शान्ती शुरक्षाको सन्दर्भमा के के गर्ने भन्ने कुरा एउटा मपन वा सुचक नै राखेका छौँ र हामीले कार्य गरेका छौ । त्यसपछि के भाको छ भन्ने मासिक रुपमा त्यसलाइ मपन गर्छौ । सम्झौमा गरिने कामहरुमा जसको कारणले गर्दा कामहरु त गर्नु परो जस्तो मासिक रुपमा कति काम कस्तो कार्य गर्यो केटाहरुले आफ्नो मततको कार्य गर्यो कति शसक्त मुलक कामहरु गर्नु पर्यो, कति जनचेताना मुलक कामहरु गर्नु पर्यो । यी यस्ता कामहरु हाम्रो सुचकमा राखेर उनीहरुको मुल्यन्कन गरिने र अगाडी सरिएको कार्य ती मततको कार्य क्षेत्रमा सारिएका छन् । काम प्रति जिम्मेवार भाको छन् । त्यसले गर्दा हामीलाई के भको छ भने काम गर्दै गयो भने त्यसको प्रतिफल निस्कने हो भन्ने भएको छ ।

प्र. पछिल्लो राजनीतिक अवस्थामा लिएर र सुरक्षा व्यवस्थापन कसरी गरिरहुन भएको छ ?

यस सँग के चाहिरहेको छौ भने राजनैतिकको अवस्था रहेको छ । प्रतिनिधि अवस्था विघटन भइसकेको अवस्था र हामी वैशखका निर्वाचन गर्ने भनिएको कुरा आइसकेको अवस्था प्रतिसभा विघटनको अवस्था दुई पाटीहरु बाट पाटी विघटन गरि सडक आन्दोलन गरिएको अवस्था रहेको छ। र हामीलाई पाटी कार्यलयले पनि के निर्देशन दिएको छ भने यो प्रजातान्त्रीक मुलुक होस्, विभिन्न किसिमको प्रदशन गर्ने त छुट्छ । तर ती प्रर्दशनलाई हिंसा अप्रिय घटनाहरु हुन नदिनका लागि हामीले सचेत गरेका छौ ।

यदि घटना होला जस्तो भएमा प्रयप्त मात्रमा प्रहरीहरु परिचालन गर्ने नकी यो सानो छ यो ठुलो छ भन्ने होईन की जुनसुकै कार्यक्रम छ भने त्यसलाई हेरेर शुरक्षा परिचालन गर्ने विशेष त सशत्र प्रहरीसँग सहयोग माग्ने र कुनै अप्परझट कार्यक्रममा आयो भने जुन हामीले क्युआरटी परिचालन गर्ने र हामीले के भनेको छौ भने उत्तेजित हुन नदिने र उत्तेजित हुदैन भने त्यसलाई आवश्यक अनुशार प्रहरी परिचालन गर्ने र त्यसका लागि योजनाका कुराहरु गर्ने समनयनको कुराहरुमा बढी जोड दिएका छौ । आफ्ना चाहि जिल्लाहरुका पर्टी र नेतुत्वसँग कुराकानी गर्नुस् र उहाँहरुलाई चाहिने कार्यक्रमहरुलाई उत्तेजित हिंसामा घटना हुन नदिइ अगाडी बढिदेउ भनेर हामीले संमन्वय गरेका छौ । र मेरो पहिले कुरा भनेको प्रहरीहरुले गर्ने कामहरु जब राम्रो हुन्छ तब प्रहरहिरु राम्रा हुन्छन भन्ने हो । त्यस कारण प्रहरी कर्मचारीहरु राम्रो हुन्छन ।

प्र. आन्तरिक प्रहरी सुद्धिकरणमा कत्तिको ध्यान गएको छ ?

प्रहरीहरु इमान्दार हुनु पर्यो प्रहरीहरु काममा सक्रिय हुनु पर्यो, प्रहरी आफ्नो काम प्रति जवाफदेई हुनु पर्यो, प्रहरीहरुको काम चाहि जनताले अपेक्षा गरे जस्तो हुनु पर्यो । त्यस कारणले यो मामिलामा चाहि म जहिले पनि प्रहरीहरु राम्रो इमान्दारी हुनु पर्छ भन्छु । यो मामिलामा एउटा अभियन गरे शुद्धिकरण हुनुपर्छ भनेर ।यस सन्र्दभमा हामीले एउटा टिम बनाएर जस्तो अवस्थामा पनि काम गर्न सक्ने गरी यस टिममा २१ जनाको टिम रहेको छ ।यसमा गलत आचरण गलत काम गरिएको अवस्थामा हामीले नियन्त्रण गर्ने छौँ । २१ जनालाइ हामीले निलब्बन गरिसकेका छौँ । यसरी हामीले यो अभियान सुरु गरेका छौँ । हामीले कारबाही मात्र होइन कारबाही गरेर मात्र हुदैन यो त एउटा नराम्रो गर्ने मान्छेलाई सजाय मात्र हो तर कतिपय मान्छे त हाम्रा राम्रो छन् राम्रो काम गर्नेलाई पनि प्रत्साहान् गर्नु पर्ने हुन्छ । र राम्रो काम गर्ने काममा अगाडी बढ्नलाई सहयोग गर्नुपर्ने हुन्छ । हामीले राम्रा काम गर्ने ३५ जनालाई प्रमोसन् समेत गरिसकेका छौँ ।

प्र. प्रहरीभित्रकै संरचना उनीहरुको गुनासो कत्तिको सम्बोधन गर्ने प्रयास गर्नुहुन्छ ? भौतीक प्रगतीका काम कसरी अगाडि बढेका छन् ?

मलाई एकदमै खुुसी लागेको छ म जब बागमती प्रदेशमा आए र प्रदेश सरकार चाहि प्रहरीका भौतिक संरक्षण गर्नु पर्छ भन्ने मानसिकता मैले बुझेको छु । हामीले हेरौँ भने विगतमा बागमती प्रदेशको जहाँ ठुलो संख्यामा प्रहरीको संरक्षाण प्रदेश सरकारले गरेका छन् । यो बर्ष हामीले ३७ बटा कार्य अगाडी बढाएका थियौ । तर अहिले विभिन्न कारणले ३७ वटा पुर्याउन नसकिने भएकाले हामीले २१ वटा प्रहरीको भवनहरु अगाडी बढाएका छौँ ।

 

प्रतिकृया