• ९ असोज २०८३, शुक्रबार
  • ४ः५७ बेलुका

भक्तपुरमा सवारी दुर्घटनामा एकको मृत्यु, मृतकको पहिचान खुल्न सकेन

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ११:३७

भक्तपुरः भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरा सडक खण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

National Life

लोकन्थलीबाट कोटेश्वर जाने लेनमा अधबैसे पुरुष मानिस लडीरहेको सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डको टोली तत्कालै पुगी घाइतेलाई तत्काल मध्यपुर ठिमी अस्पताल भक्तपुर पुर्‍याउँदा चिकित्सकले मृत्यु भएको जानकारी गराएको जनाइएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार दुर्घटना गराउने सवारी साधनको सम्बन्धमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षक नवराज थापाको कमाण्डको टोलीले तत्कालै खोजतलास तथा अनुसन्धान गर्दा हालसम्म खुल्न नआएको बुझिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मृतकको साथमा परिचय खुल्ने कुनै कागजात तथा मोबाईल फोन समेत नभएको हुँदा मृतक के, कहाँको र को हुन भन्ने जाकारी खुल्न नआएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। मृतक कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएको, अन्दाजी ५० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया