• १० असोज २०८३, शनिबार
  • ११ः०८ बिहान

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार ११:२९

काठमाडौं: सप्तरीमा तीन जना चढेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

National Life

बिहीबार बिहान करिब साढे ७ बजे कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

सप्तरी प्रहरीका अनुसार मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका-३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

उनका अनुसार मोटरसाइकल पछाडि सवार २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खङ घाइते छन्। उनीहरूको गोल्डेन अस्पतालमै उपचार भइरहेको छ।

पूर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर कोसी नहरको बाटो उत्तरमा बिग्रे राखेको रोलरमा दुर्घटना भएको थियो। मृतकको शव पोस्टमार्टमको लागि कोसी अस्पतालमा राखिएको छ।

प्रतिकृया