• १० असोज २०८३, शनिबार
  • ११ः५१ बिहान

चोरीका मोटरसाईकल सहित १ जना पक्राउ

प्रकाशित मिति

२०७७ माघ १५ गते, बिहीबार १०:१५

काठमाडौँ:  महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा हुने मोटरसाईकल चोरी नियन्त्रण उपर चलाएको विशेष अप्रेसनमा चोरीका मोटरसाईकल सहित १ जना पक्राउ गरेको छ ।

National Life

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट बास्तविक नम्वर प्लेट परिवर्तन गरी प्रदेश  ३-०२-००८  प
७८७२  नम्बरको नम्बरको कालो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकल चलाइरहेको अवस्थामा मोटरसाईकल सहित १ जनालाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका ( ४ घर भई हाल तारकेश्वमर नगरपालिका ( ८ जरंखु बस्ने वर्ष ३३ को बिष्णु तामाङ्गरहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-०१२ प ६८३६  खुल्न आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाण्डौ टोखा नगरपालिका ( ८ बस्ने राजेन्द्र पाण्डेले हराएको भनि यस महाशाखामा निवेदन दिएका थिए ।

महाशाखाले उक्त मोटरसाईकल सहित चोरीमा संलग्न उक्त व्यक्तिलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाईएको जानकारी दिए ।

प्रतिकृया