• ७ असोज २०८३, बुधबार
  • १०ः१९ राती

बैंक अफ काठमाण्डू लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा कर्पोरेट–पे सेवा सुचारु

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०४:२०

काठमाडौंः बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहक महानुभावहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने कर्पोरेट–पे प्रणालीको सुरुवात गरेको छ ।

National Life

उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत श्री मुन्नी राजभण्डारीले हस्ताक्षर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको आफ्ना संस्थागत ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ ।

उक्त प्रणाली मार्फत ConnectIPS वा NCHL-IPS भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहक महानुभावहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नुहुने छ ।

संस्थागत ग्राहक महानुभावहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैकमा आवेदन दिनुपर्नेछ ।

साथै, ग्राहक महानुभावहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ ।

यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुदाँ संस्थागत ग्राहक महानुभावहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न Multi-Layer Authentication को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकमहानुभावहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिकृया