• ८ असोज २०८३, बिहीबार
  • १ः५६ राती

सर्वोच्चमा प्रतिनिधिसभा विघटन मुद्दाः अब १५ मिनेट मात्र बहस गर्न पाइने

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०४:४१

काठमाडौंः प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा अब १५ मिनेट मात्र बहस गर्न पाइने भएको छ।

National Life

बुधबार १०औं दिनको बहस सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अहिलेकै अवस्थाले मुद्दा टु‌ंगिन लामो समय लाग्ने भन्दै बढीमा १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गराएका हुन् ।

प्रधानन्यायाधीश राणाले अझैं सात वटा मुद्दामा सुनुवाइ हुन बाँकी रहेको स्मरण गराउँदै समयको ख्याल गर्न आग्रह गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आज वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, युवराज संग्रौला र हरिहर दाहालले मात्र बहस गरेका थिए भने अझै ३०० जना अधिवक्ताहरूले वकालतनामा लेखाएका छन्।

 

प्रतिकृया