• ८ असोज २०८३, बिहीबार
  • ३ः३६ राती

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना, मोबाइल रेजिस्ट्रेशन शुल्कमा १०० फिर्ता

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०४:४३

काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।

National Life

उक्त योजना अन्तर्गत पुस १ गतेपश्चात कुमारी बैंकको मोबाइल एप्लिकेसन “कुमारी स्मार्टमा” रजिष्ट्रर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेशन शुल्कमा रु। १०० फिर्ता पाउनेछन् ।

सो रकम फिर्ता पाउन ग्राहकवर्गले रेजिस्ट्रेशन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहनेछ ।

सो रिफण्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम प्रयोग तर्फ डोयाउने बैंकका डिजिटल प्रमुख अनिष ताम्राकारले बताए ।

प्रतिकृया