• ९ असोज २०८३, शुक्रबार
  • ४ः०० बेलुका

प्रिमियर लिगमा आर्सनलको सहज जित

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार १०:४६

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।

National Life

मंगलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३-१ गोलले पराजित गरेको हो ।

साउथह्याम्पटनको मैदानमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै आर्सनलले पुनरागमन जित निकालेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

खेलको तेस्रो मिनेटमा स्टुवार्ट आर्म्सट्रोङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको आठौं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ३९औँ मिनेटमा बुकायो साकाले गोल गर्दा आर्सनल २-१ ले अघि रह्यो । त्यसपछि खेलको ७२औँ मिनेटमा एलेक्सजेन्डर लाकाजेटले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए ।

जितसंगै आर्सनलले २० खेलमा ३० अंक जोडेको छ । आर्सनल आठौं स्थानमा उक्लिएको छ ।

प्रतिकृया