• ७ असोज २०८३, बुधबार
  • ११ः११ राती

चितवन सवारी दुर्घटना दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ११:५८

चितवन: चितवनको रत्ननगरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

National Life

रत्ननगरस्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नं. को मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया