• ७ असोज २०८३, बुधबार
  • ५ः३८ बेलुका

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

प्रकाशित मिति

२०७७ माघ १२ गते, सोमबार ०८:५१

काठमाडौं: कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायत एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेपुटी चिफ मेडिकल अफिसर पनि रहेका प्राध्यापक जोनाथन भ्यान टामले वैज्ञानिकहरूलाई अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभएकोमा जोड दिंएका छन् ।

National Life

उनले खोपले आशा जगाएको तर संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताउँदै भनेका छन्– ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन ।’ खोप लगाएको दुईदेखि तीन हप्तासम्ममा भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहनेमा उनको जोड रहेको छ ।

वृद्ध मानिसहरूमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन हप्ताको समय दिँदा उत्तम हुने उनी बताउन्छन् । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत अरूलाई कोभिड–१९ सर्न सक्छ र यसले भाइरस फैलिने चक्रलाई निरन्तरता दिनेछ।’ –प्राध्यापक भ्यान टामले उल्लेख गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसै हप्ता वरिष्ठ चिकित्सकहरूले अधिकारीहरूलाई फाइजररबायोएन्टेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समय सीमा घटाउन आग्रह गरेका थिए । बेलायतमा धेरै मानिसलाई खोपको पहिलो मात्रा दिनका लागि पहिलो मात्रा प्राप्त गरेको १२ हप्तासम्ममा दोस्रो मात्रा दिने गरी समय सीमा बढाइएको थियो ।

यसअघि पहिलो र दोस्रो खोप प्राप्त गर्नका लागि तीन हप्ताको समय सीमा तोकिएको थियो । तर ब्रिटिस मेडिकल एसोसिएसनले उक्त नीतिको औचित्य सिद्ध गर्न कठिन रहेको बताउँदै खोप दिने समयको अन्तराल ६ हप्तामा झारिनुपर्ने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिकृया