• ११ असोज २०८३, आइतबार
  • १०ः३५ राती

अझै तीन दिन मौसम बद्ली हुने

प्रकाशित मिति

२०७७ माघ १० गते, शनिबार ०८:५८

काठमाडौं: मुलुकभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

National Life

काठमाडौंमा हिजोभन्दा आज केही न्यानो महशुस गरिएको छ । हिजो ३ दशमलव ५ डिग्री न्यूनतम तापक्रम रहेको काठमाडौंमा बिहानको तापक्रम ४ दशमलव १ डिग्री पुगेको छ।

करिब एक साताअघिदेखि देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकिरहेको छैन। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव परे पनि पानी पार्ने उल्लेख्य मौसमी प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यो वर्ष हिउँदे पानी पर्न ढिला भएको छ। अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ । तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । आउँदो तीन दिनसम्म नै मौसम यस्तै नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

महाशाखाका अनुसार सोमबारसम्म नै देशका धेरै ठाउँमा बादल लाग्नेछ भने तराईका जिल्लाहरु हुस्स कुहिरोले ढाक्नेछ । तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया