• ४ साउन २०८३, सोमबार
  • १:२७ बिहान

नयाँ यौन दर्शन किन आवश्यक छ ?

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:२५

ओएमजीएस अध्ययनले यतिबेला महिलाको यौन सन्तुष्टिको बारेमा अनुसन्धान गरिरहेको छ। जसले महिलाको सन्तुष्टिको विज्ञानलाई पुनर्लेखन गर्नेछ। यस्तै भल्भ ग्यालेरीले समेत महिलाको क्षेत्रमा परिवर्तनकामी काम गरेको छ। यसले महिला यौन शिक्षा, यौनी र महिलामा हुने हिंसाको बारेमा अध्ययन गरिरहेको छ।

केही वर्ष अगाडि दक्षिणी फ्रान्सको एक समुन्द्र किनारमा म पुगेँ। त्यहाँ सार्वजनिक रुपमै यौन कार्य भइरहेको थियो।
अनुसन्धानको उद्देश्यले यो सब भइरहेको थियो। म त्यही अनुसन्धानको एक हिस्सा थिए। यौन नैतिकता र समुन्द्रका किनारमा हुने यौन सम्बन्ध मेरो अनुसन्धानको विषय थियो। त्यसक्रममा मैले आफू नैतिक दुविधामा परेको अनुभूति गरे।

Kamana Sewa

यस्ता अध्ययन–अनुसन्धानमा म हुनुपर्छ या हुनुहुन्नरु भन्ने प्रश्नहरुले मलाई पिरोलिरह्यो। म महिला थिएँ। मलाई अनौठो अनुभव भइरहेको थियो। तर, म शिक्षित थिए। त्यो समयमा म एक दार्श्निकसँगको सम्बन्धमा पनि थिए। जोसँग मेरा दिन त्यति राम्रो चलिरहेको थिएन। यस्ता जटिल विषयले चेपिरहँदा मलाई नैतिक सहायता चाहिएको थियो। दर्शनको सहायता, जसले मेरो यौनिकता र लैंगिकताबारे प्रश्न नगरोस्, मलाई परीक्षण नगरोस्।
तर, त्यस्तो दर्शन मैले भेट्न सकिनँ। सायद, त्यो थिएन पनि।

Classic Tech Desktop

दर्शनको एक क्षेत्र हो नैतिकता, जसले हामी कसरी बाँच्नुपर्छ भन्ने विषयको जड पत्ता लगाउँछ। यसले राम्रा विषयको ढाँचा प्रदान गर्दछ। यो ढाँचा पारम्परिक पश्चिमा विचारबाट उत्पत्ति भएको हो। जसले समलैंगिकतालाई मानव शरीरको निहित विशेषता भन्दैन् बरु मुद्दा मान्दछ।
नैतिक विचारधारका एक दार्श्निक जोन फिनिसले हालै समलैंगिकताको नैतिकता अझै छलफलको विषय भएको बताएका छन्।

प्रायः दर्शनहरु रेन डेसकार्तेको अवधारणा ‘डिअलिजम’ अर्थात् शरीर र मस्तिष्कलाई छुट्याउने विचारबाट प्रेरित छन्। विश्वविख्यात दार्श्निक इम्यानुअल कान्ट, फ्रेडरिक नित्श्चे तथा डेभिड ह्युमका अनुसार डिअलिजम अवधारणले दर्शनको कानूनमा जरा गाडिसकेको छ।
ज्ञान र तर्कको प्राथमिकताबाट जन्मिएका यस्ता दर्शन उदारवादी दर्शनभन्दा फरक छन्। जोन रल्स, रोनाल्ड डोरकिन ‘डिअलिजम’ नैतिकताको छलफलको विषय हो भन्छन्। उनीहरु यसलाई तर्कसंगत मान्दैनन्।

केही पश्चिमा दार्श्निक तार्किक छन्। बारुच स्पिनोजा डेसकार्तेका समकालिन हुन्। उनका मुख्य कार्य नैतिकताको विषयमा छ। उनी डेसकार्तेको डिआलिजन अवधारणाको विरोधी हुन्। डुआलिजमले मानव शरीर र मस्तिष्क छुट्याउँछ भने स्पिनोजा शरीर र मस्तिष्कलाई संयोजन गर्छन्। उनका विचारसमेत पश्चिमा दर्शनबाटै प्रभावित छ। मार्टिन हेडेगर, जोन पल सार्टरे र ज्याक्स डेरिडा जसले डिआलिजमलाई मान्दैनन्। आफ्नो दर्शनमा उनीहरु शरीर र मस्तिष्कलाई समान रुपमा हेर्दछन्।

तर, डिआलिजमभन्दा फरक र उदार दर्शन भएपनि यिनीहरुले महिलाको शरीरलाई पुरुष सरह बराबरीको दाजोमा राखेका छैनन्। दर्शन लेख्ने पुरुषहरु नै थिए।

गोरा पुरुषको नियम
माथि उल्लेखित नामहरु सबै गोरा पुरुषहरुका हुन्। महिलाहरु विशेषगरी गोरा महिलाले समेत दर्शनका क्षेत्रमा काम गरेका छन्। तर, त्यसलाई नारीवादको रुपमा चित्रण गरिन्छ। दर्शनको रुपमा गणना गरिँदैन। यसको मतलब हामीसँग भएका सबै दर्शन पुरुषले बनाएका हुन्। जसले दर्शनमा ज्ञान र तर्कलाई आफूअनुकूल ढाल्दछन्।

त्यसैले पश्चिमा दर्शनका पिता एरिस्टोटलसँगै कान्ट र ह्युमजस्ता दार्श्निकलाई विभेदकारीभन्दा फरक पर्दैन। हेदिगर नाजी पार्टीका सदस्य थिए। प्राध्यापक उनी आफ्नै विद्यार्थी हना आर्डेन्डसँगको प्रेममा मन्त्रमुग्ध थिए। तर्क के हो भने, पहिलेका दार्श्निकहरु उनीहरुको इतिहास अनुसार हामी जति सामाजिक रुपमा चतुर थिएनन्। उनीहरुका शरीरको तर्कलाई छाड्ने हो भने हामीले उनीहरुको विचारलाई चाँहि सम्मान गर्नैपर्छ।

डेसकार्ते जोड दिएर भन्छन् कि दर्शनलाई शरीरबाट छुट्टाउन सकिन्छ। जुन खतरनाक हुन्छ। पहिलादेखि नै शक्तिशाली र बलिया पुरुषले लैंगिकता, वर्णजस्ता विषयहरु आफ्नो ढंगबाट विश्लेषण र परीक्षण गर्दै आएका छन्। त्यस्ता दर्शन निकै खतरनाक हुन्छन्। किनभने त्यसले महिलाको वर्ण, यौनिकता, चाहानालाई दबाउँछ। महिलालाई हेप्न प्रेरित गर्दछ। जुन नैकित विषय होइन्।

महिलाको सन्तुष्टि
यी दर्शनकहरु मेरो नैतिक दुविधाका लागि सहयोगी थिएनन् किनभने ती मेरा लागि मेरो शरीर र लैंगिकताका लागि लेखिएको थिएन। यद्यपि धन्य भन्नुपर्छ, दर्शनभन्दा बाहिरको संसारमा यतिबेला महिलाप्रतिको सोच, लैंगिकता र यौनिकताको विषय बदलिँदो छ।
‘ओमिस’इक टिन्स्ले लेख्छन्,‘काला महिलाविरुद्ध हुने भेदभाव र विभेद अन्त्य गर्नका लागि सशक्तिकरणको खाँचो छ।’ उनी पुरातन पुरुष सोचभन्दा अगाडि उभिए। लेखक वेडनसडे मार्टिनले महिलाले एकै व्यक्तिसँग विवाह गर्नुपर्ने पुरानतवादी सोंचविरुद्ध पुरुषमा यौन दुर्बलता छ भने महिलाले उसैले कुरेर बस्नुनपर्ने बताउँछन्।

यस अभियानले महिलाको चाहनाविरुद्धको सामाजिक पुरातनवादी सोंचलाई सच्याउँन मात्र होइन् विज्ञानलाई नै परिवर्तन गर्न चाहन्छ।
ओएमजीएस अध्ययनले यतिबेला महिलाको यौन सन्तुष्टिको बारेमा अनुसन्धान गरिरहेको छ। जसले महिलाको सन्तुष्टिको विज्ञानलाई पुनर्लेखन गर्नेछ। यस्तै भल्भ ग्यालेरीले समेत महिलाको क्षेत्रमा परिवर्तनकामी काम गरेको छ। यसले महिला यौन शिक्षा, यौनी र महिलामा हुने हिंसाको बारेमा अध्ययन गरिरहेको छ।

तर, दुःखका साथ भन्नुपर्छ, हामी महिला यौनिकता, लैंगिकता लगायतका विषयमा धेरै ज्ञात भइसक्दा समेत दार्श्निक नैतिकताको एक छेउमा समेत पुग्न सकेका छैनौं। डोसी इस्टन र जनेट हार्डीले ‘द इथिकल स्लट’ पुस्तकमा एक व्यवहारिक दर्शन प्रस्तुत गरेका छन्। तर, यो दर्शन बहु–सम्बन्ध स्थापित गर्ने मानिसमा मात्र केन्द्रित छ। विश्वमा यतिबेला मानिसहरु बहु–सम्बन्ध रुचाउन थालेका छन्। स्लटको अर्थ हुन्छ वेश्या। कोही तर्क गर्छन् कि यदी सहमति र समझदारी छ भने बहुसम्बन्ध स्लट होइन्। कोही बहु–सम्बन्ध रुचाउँछन्। कोही रुचाउँदैनन्। वर्तमान समयमा उनीहरुलाई कसले खोट लगाउनेरु

भविष्यको लैंगिक नैतिकता
हामी दर्शनभन्दा अगाडि बढ्न सकेका छैनौं। मनोविज्ञान क्षेत्रका दार्श्निक अलेंका जुपासिक्सको ‘वाट इज सेक्स’ पुस्तकले लैंगिकताको बारेमा नयाँ कुरा बताउँछ। उनका अनुसार लैंगिकता वर्तमान मनोवैज्ञानिक र दार्श्निक नियम हुन्। तर, यसले महिलाको व्यवहारिक यौन अनुभवलाई समेटेको छैन। जसले नयाँ लैंगिक नैतिकता पत्ता लगाउन मद्दत गर्दैन। मेरो विचारमा हामीले पुरुषको दर्शन र कानूनभन्दा माथि गएर विचार गर्नुपर्छ।

मेरो नैतिक दुविधामा कुनै दर्शनले सहयोग गरेन। बरु झन् दुविधा थप्यो। तर, मेरा साथीहरु दार्श्निक नै भएकाले मैले यस दृष्टिकोणलाई उठाउन भने सफल भए। पुराना दर्शनले महिला यौनिकता र लैंगिकताको नयाँ नैतिकता विकास गर्न कदापि मद्दत गर्दैन। नैतिकता खोज्दा खोज्दै मैले के पाए भने हामीलाई दया, माया र आदरका नैतिकता चाहिएको छ। जुन सबैको लागि समान व्यवहार गर्नका लागि विकास होस्।

अनुवादः सविन राई

प्रतिकृया