• २३ भदौ २०८३, मंगलबार
  • १०ः३७ बिहान

“म जस्तो गरिब, अनपढले यो देशमा न्याय पाउदैनन् र ?

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:२३

गौरब निरौला काठमाडौं । नमस्कार म सभालाल ताजपुरिया, गौरादह वडा नम्बर २ मा बस्छु। मलाई लगभग एक महिना अगाडि भद्रपुर निवासी खकन सरकार भन्ने व्यक्तिले माल्दिभ्स लगिदिन्छु भनी रु २ लाख ७८ हजार रकम लिई काठमाडौ लिएर गयो।
काठमाडौको अन्तर्रािष्ट्रय बिमानस्थल पुगेपछी बल्ल थाहा भयो मलाई नक्कली भिसा र प्लेन टिकट दिएको रहेछ, मलाई एअरपोर्टबाट फर्काईयो। त्यसपछी खकन सरकारको खोजीमा लागे, उ बस्ने कोठा सम्म गए तर कुनै पत्ता लागेन। यसैक्रममा गौरादह निवासी एक जना दाइ संग भेट भयो र म परामर्श पाईन्छ कि भनेर श्रम बिभागको कार्यालय काठमाडौ गए तर मेरो त श्रम पनि गरेको रहेनछ।

National Life

साथीहरूको सल्लाह अनुसार म वैदेशिक रोजगार बिभाग गए तर त्यहाबाट झनै निराश भएर फर्किए। न्यायको खोजीमा हनुमान ढोका,टेकु सम्म पुगे र निवेदन दर्ता गरे। कुनै सुनुवाइ भएन, पैसा सकिएर म झापा फर्किए। यसै क्रममा झापा सिडियो कार्यालय पुगे, मेरो निवेदन अनुसार कारबाही अगाडि बढाईदिनका लागि सम्बन्धित निकायलाई परिपत्र गर्यो। यसै क्रममा दिन बित्दै गयो, न्याय पाउने आशा मर्दै गयो त्यही पनि मनमा एउटा झिनो आशा बाकी थियो, कानुनी राज्यमा न्याय पाईन्छ भन्ने।

खकन सरकारको खोजिमा बिर्तामोड तिर यहि चैत २२ गते बिहान लागे। खोज्ने क्रममा दिउँसो १ बजेको समयमा बिर्तामोडकै एक भाषा ईन्स्टिच्युटमा भेट भयो। उसलाई देख्न साथ एक किसिमको खुशी जागेर आयो, पैसा फिर्ता हुन्छ कि भन्ने। तर उ मलाई देख्न साथ त्यहाबाट भाग्न खोज्यो।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि उसलाई समात्न खोज्दा एक्कसी म माथी आक्रमण गरो, मलाई कुटपिट गरेको देखेर स्थानीयले प्रहरीलाई खबर गरे। केहु समय पछि प्रहरी आएर खकन सरकारलाई बिर्तामोड प्रहरी कार्यालय लगियो। मेरो नाक र हातमा गहिरो चोट लागेको कारण उपचार गर्न अस्पताल तिर लागे। चैत २३ गते सम्बन्धित ईलाका प्रहरी कार्यालयमा म उपस्थित हुन सकिन। २४ गते आफै निवेदन लेख्न लगाई, निवेदन दर्ता गराउन भनी बिर्तामोड जादा निवेदन दर्ता भएन।

२५ गते एकदुई जना साथीहरू सहित बिर्तामोड प्रहरी कार्यालय गई, कार्यालय प्रमुख डिएसपी सरलाई आफ्नो पीडा सुनाए। डिएसपी सरले हामिलाई कुटपिटको मुद्दा मात्र लाग्छ, अरु मुद्दा यहाँबाट अगाडि बढाउन सकिँदैन भन्नू भयो। त्यसपछि सिडियो कार्यालयमा जानकारी गराउन पुगे, सहायक सिडियो सरलाई आफ्नो सम्पुर्ण अवस्था सुनाए। त्यहाबाट पनि म निराश भएर फर्किए। न्याय मर्दैन, न्याय पाउछु भन्ने बिश्वासका साथ म जिल्ला प्रहरी कार्यालय गए। घन्टा सम्म पर्खिदा पनि कार्यालय प्रमुख संग भेट हुन सकेन।

म जस्तो गरिब, अनपढ मान्छेले यो देशमा न्याय पाउदैनन् ररु म जिउदो लास भएर आजको दिन सम्म न्यायको खोजीमा भौतारिरहेको छु। सम्पुर्ण देश बिदेशमा हुने न्याय प्रेमी दाजुभाइ, दिदीबहिनीले मेरो यो दुख बुझिदिनु हुनेछ र मलाई न्याय प्राप्तिका लागि आआफ्नो ठाउबाट सहयोग गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु।
धन्यवाद ११”
स्रोत : मेन्स रुम रिलोडेड

प्रतिकृया