• ३ साउन २०८३, आइतबार
  • ४:४० बेलुका

नारी को हुन् ? हिन्दु परम्परामा यस्तो छ नारीको स्थान

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:२८

संस्कृति कुनै पनि राष्ट्रको परिचायक मात्र नभई विशेषता पनि हो । वैदिक सनातन धर्म तथा परम्पारगत सभ्यता नै हिन्दु संस्कृति हो । हिन्दु संस्कृतिको मूल आधार वेद हो भने स्मृति, पुराण, उपनिषद्हरु वैदिक सनातन धर्म तथा संस्कृतिका खम्बा हुन् । हिन्दुत्वलाई आत्मसात गरेको धर्मशास्त्रमा उल्लेख गरिएका नारीजन्य परिचायकहरु जस्तै– माता, कन्या, पुत्री, वधू, पत्नी, स्वश्रू आदि सबैको एउटै मूल चिनारी भनेको शब्दै हो । नारी शब्दले माथि उल्लेखित सम्पूर्ण नाताहरुलाई सम्बोधन गर्दछ । मानव समाजको बाह्य संरचनालाई सभ्यता भनिन्छ भने आन्तरिक संरचना संस्कृति हो । प्राचीन हिन्दू धार्मिक समाज एवं संस्कृतिमा नारी जातिको मर्यादा र महत्वको जानकारी हुनु अत्यन्त आवश्यक छ ।

संस्कृत भाषाबाट आगमन भएको नारी शब्दको व्युत्पत्ति ‘नृ’ शब्ददेखि स्त्रीत्व आशयमा ङीन् प्रत्ययसँगै वृद्धि गरेर सिद्धि भएपश्चात् मात्र हुन्छ । संस्कृतमा ‘नुः नरस्य वा धर्म आचारो अस्याः, भन्ने विग्रहबाट नारी शब्दको निर्माण हुन्छ । नरको धर्म वा आचार भएकी स्त्री नै नारी हुन् संस्कृतको अर्थमा । यस सन्दर्भ नारी शब्दको अर्थानुसार ‘एक ठाउँबाट अर्को ठाउँमा पुग्नु’ भन्ने हुन्छ । तर शब्दको स्त्रीलिङ्गी रूप नै नारी भएकाले नर र नारीको अर्थ एउटै हुन्छ । नर÷नारीको अर्थ एक ठाउँबाट अर्को ठाउँमा पुग्ने हो । जस्तोः असत्यबाट सत्यतर्फ, अज्ञानबाट ज्ञानतर्फ, दुःखबाट सुखतर्फ, मरणशीलताबाट अमरतातर्फ, विनाशबाट विकास तर्फ पु¥याउने चेतना हो । नररनारी शब्दको अर्थ स्वजीवनमा आत्मतत्वको तोरणरूपी ज्ञानद्वारा परब्रम्ह सच्चिदानन्दररूप परमेश्वरलाई प्राप्त गर्नु र आफूभन्दा अगाडिका अग्रज, पूर्वजनहरुलाई मोक्षको कामनासहित उत्तम गतिमा लैजानु भन्ने पनि अर्थ हुन्छ ।

Kamana Sewa

सृष्टिको प्रारम्भमा ब्रह्माजीले अरु विभिन्न प्राणीहरुको सृष्टि गरेपछि तिनमा सच्चिदानन्दस्वरुप परमेश्वरलाई प्राप्त गर्ने चेतना र सामथ्र्य नदेखेर अन्त्यमा मनुष्य जातिको सृष्टि गरेपछि प्रसन्नता र सन्तुष्टि लिएको कुरा पनि श्रीमद्भागवत आदि धर्म ग्रन्थहरुमा वर्णन गरिएको पाइन्छ । हिन्दुसंस्कृति एवं समाजमा नारीको स्थान कत्तिको महत्वपूर्ण छ भन्ने कुरा हामीहरुले हाम्रो हिन्दु समाज हेरेर, बुझेर नै ज्ञान आर्जन गर्न सक्छौं । यो सारा संसारको सृष्टि गर्ने सामथ्र्य र विनाश गर्ने सामथ्र्य पनि नारी शक्तिमा रहेको छ । गुणी मान्छेलाई आश्रय दिने, हृदयभरि गुणले ओतप्रोत भएकी त्यस्ती देवीलाई म नमस्कार गर्दछु भन्दै स्वयं ऋषिहरुले समेत जगज्जननी दुर्गाको स्तुति गरेको पाइन्छ । सर्वप्रथम सृष्टिको प्रारम्भ ब्रह्माजीबाट भएको र त्यसबेलादेखि नै देवाताहरुले नारी स्वरूपकी देवीलाई शक्तिको रूपमा सम्मान, आदर गरेको मात्र नभई सम्पूर्ण जगतकी आमा एवम् यो विश्व ब्रह्माण्डकै जननीका रूपमा अलौकिक ईश्वरीय शक्तिधात्री भनेरसमेत मानेका छन् । हिन्दु संस्कृतिमा पत्नी हुनका निम्ति विवाह गर्नैपर्दछ । हिन्दू विवाह पद्धतिमा पाणिग्रहण कार्य सम्पन्न भएपछि मात्र विवाह भएको मानिन्छ । विवाहको मण्डपमा पनि सिन्दूरार्पणपश्चात् सप्तपदि कर्म गरिन्छ । तत्पश्चात् स्थान साटासाट गरेपछि मात्र पत्नी भन्न पाइन्छ । सिन्दूरार्पण भन्दा अघि वधूकै रूपमा हुन्छिन् भने त्यसपछि मात्र उनी पत्नी बन्दछिन् भन्ने सनातन शास्त्रीय मान्यता रहेको छ ।

Classic Tech Desktop

पत्नी शब्द पति शब्दकै स्त्रीलिङ्गी रूप हो । त्यसैले गृहपतिभन्दा घरको मालिक भन्ने बोध हुन्छ । पत्नीलाई हिन्दु संस्कृतिमा भार्या, जाया, सहधर्मिणी, गृहिणी इत्यादि धेरै शब्दहरुले आदर गरिन्छ । स्त्रीका विभिन्न स्वररूपहरुमध्ये पत्नीको स्वरूप एक उच्च प्रियतम एवं आदर्शमय मानिन्छ । एउटी नारी छोरी, दिदी, बहिनी, श्रीमती, बुहारी, आमा आदि स्वरूपबाट चिनिन्छिन् । वेदमा धेरै स्थानमा पत्नीको प्रसङ्ग पाइन्छ । त्यहाँ पतिलाई पत्नीको इच्छा गर्ने र पत्नीलाई पतिको इच्छा गर्ने परस्पर अनुरागीका रूपमा पनि उल्लेख गरिएको छ । पति र पत्नीको आत्मीय मेलबाट नै आर्दश घर बन्न सक्दछ । पति र पत्नी बीचको आत्मीय सद्भावनाले मात्र सुन्दर र रमणीय गृहसंसारको निर्माण हुन्छ । सनातन धर्ममा मानव जीवनलाई ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास गरी चार आश्रममा विभाजन गरिएको छ । यी चार आश्रममध्ये गृहस्थाश्रम सबै आश्रमको आश्रय रहनुका साथै मानव जीवनसँग सम्बन्धित अन्य प्राणीहरुको पनि आश्रयस्थल हो । गृस्थाश्रम यस्तो आश्रम हो जसको अभावमा संसारको कल्पना पनि हुन सक्दैन । ब्रह्मचर्य आश्रममा शारीरिक एवं मानसिक रूपले परिपक्क भएपछि गृहस्थाश्रममा जान इच्छुक व्यक्ति गृहस्थाश्रममा प्रवेश गर्न सक्दछ । गृहस्थाश्रममा प्रवेश गर्नु भनेको नै विवाह गर्नु हो । चारवटा आश्रम मध्ये सर्वश्रेष्ठ आश्रम गृहस्थाश्रम नै हो।

अन्य आश्रमहरुमा सहयात्रीको आवश्यकता पर्दैन तर गृहस्थाश्रमका लागि पत्नी अनिवार्य हुन्छिन् । वास्तवमा पत्नीबिनाको घर घर नै होइन जुन घरमा गृहिणी हुन्छिन् त्यही नै घर हो । गृहिणी नभएको घरलाई वनजस्तै मानिएको छ । रूखको फेद अर्थात् जङ्गलमा नै किन नहोस् पत्नीको साथ छ भने त्यही नै गृह हो । आफ्नी पत्नी ‘कान्ता’ नरहेको दरबार पनि वन हो भनेर व्यासले भनेका छन् । हिन्दु संस्कृतिमा घर हुनका लागि पत्नी अनिवार्य रहेकाले पनि वैदिक सभ्यातामा नारीहरुको स्थान महत्वपूर्ण रहेको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

नारीको सम्मान
वैदिक हिन्दु सनातन धर्ममा प्राचीन कालदेखि नै पत्नीको सम्मान हुँदै आएको छ । हाम्रो संस्कृति र परम्परामा अग्नि, गुरु, ब्राह्मण, गाई, कन्या एवम् कुमारीलाई लत्याउनु हुँदैन । साथै आफूभन्दा ज्येष्ठ र पूज्य व्यक्ति एवम् साना शिशुलाई समेत खुट्टाले स्पर्ष गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक धर्म्निर्धारकहरुका मतमा नारी जाती एवम् कन्याहरुलाई सम्मान गर्नुपर्छ, उनीहरुको मानमर्दन गर्नु हुँदैन भन्ने स्पष्ट छ । ती आजकी कन्या नै भोलि कसैकी पत्नी, आमा, बुहारी बन्न पुग्छिन् । कन्याको सम्मान भनेकै समग्र नारी जातिकै सम्मान हो । पत्नीलाई अर्धा्ङ्गिनी पनि भनिएको छ अर्थात् पत्नीबिना पुरुष पूर्ण हुन सक्दैन । पत्नी अर्धा्ङ्गिनी मात्र होइन मित्ररूपा पनि हुन् । आफ्नी पत्नीसँग घर चलाउने मात्र कुरा हुँदैनन्, मनका अन्तरङ्ग कुराहरु पनि गरिन्छन् । यस दृष्टिले हेर्दा पत्नी एक असल मित्ररूपा पनि हुन् जसले दुःख–सुखमा साथ दिनुका साथै सल्लाह पनि दिन्छिन् । तिनको खुसीमा आफ्नो खुसी र पतिको दुःखमा आफ्नो दुःख सम्झने हुनाले नै वास्तवमा पत्नीलाई अर्धा्ङ्गिणी भनिएको हो । त्यसैले पनि पत्नीलाई मित्रका रूपमा शास्त्रले सम्मान दिएको हो ।
सन्तानलाई हुर्काउन–बढाउन र कर्मठ बनाउन पत्नीको भूमिका महत्वपूर्ण मात्र नभई अपरिहार्य पनि रहेको छ । वंशको निरन्तरता, कुलको मर्यादा जोगाउन आफ्नो स्वाभिमान जोगाइराख्न र आफूलाई शारीरिक, मानसिक रूपले सदा तयारी अवस्थामा राख्न पनि पत्नीको साथ आवश्यक हुन्छ । त्यसैले मनुले भनेका छन् आफ्ना सन्तानका चरित्रको, कुलको, धर्मको र आफ्नो रक्षासमेत आफ्नी पत्नीको रक्षाबाट मात्र सम्भव छ । यति मात्र होइन सन्तानको प्राप्ति, धर्मकार्य, सेवाको साथै पितृहरुको र आफ्नो आनन्द तथा स्वर्ग पनि पत्नीको अधीनमा रहेको कुरा पनि मनुले बताएका छन् । धर्मपत्नीका यथोचित, योग्य, समय सुहाउँदा मागहरुको सम्बोधन गर्नुका साथै पत्नीलाई माया, ममता, स्नेह दर्शााएर बस्त्र, अन्न, आभूषण इत्यादिले सत्कार गर्नु साक्षात् लक्ष्मीको पूजा गर्नु जस्तो हो भनिएको छ । स्नेहपूर्वक सत्कर्म तथा सदाचारमा संलग्न लगाएर र त्यस्तै कार्यमा रमाउने वातावरणको सिर्जना गर्नुपर्दछ । जहाँ नारीको आदर, सम्मान र सत्कार हुन्छ त्यहाँ मानिसको त के कुरा देवाताहरु पनि प्रसन्न हुन्छन् । जहाँ नारीहरुको आदर, सम्मान र सत्कार हुँदैन त्यहाँ गरिएका सम्पूर्ण लौकिक कृत्यका साथै धार्मिक कृत्यहरु पनि विफल हुन्छन् । धार्मिक, लौकिक, पारिवारिक व्यावहारिक कृत्यकर्म सञ्चालनकी मुख्यकर्ता नारी हुन् अर्थात् माता हुन् तर हाम्रो हिन्दु संस्कारभित्र भने हिन्दु स्मृति पुराणादिहरुले पिता अर्थात् पुरुषलाई संवैधानिक श्रेष्ठता दिएको छ । यस्तो महत्वशालिनी नारीलाई माता बनाउन पाउँदा पुरुष जगत् प्रसन्न छ । तापनि नारीलाई देवीको अवतारका रूपमा सम्मान गर्दछ ।

हाम्रो हिन्दु समाज हो तसर्थ समाजमा भएका घटाना तथा चलनहरुबाट पनि हामीले आफ्नो संस्कार बुझ्ने गर्दछौं । घरमा पिताको भन्दा माताको प्रभाव ज्यादा रहन्छ । बाह्र वर्ष पुगेकी छोरी र बुहारीलाई च्वास्स हृदय छुने दुर्वचन नबोल्न शुक्राचार्यले भनेका छन् । नारीको सम्मान सत्कार र इज्जतका लागि पुरुष त्रियााशील हुनुपर्छ । आफ्ना छोरी, चेली, पत्नीको इज्जत रहेमा मात्र आफ्नो इज्जत रहन्छ अन्यथा रहँदेन । कुनै पनि पुरुषको इज्जत उसको घरको अवस्था, परिस्थितिसँग निर्भर रहन्छ । घरका दिदीबहिनीहरु सज्जन, माता धार्मिक स्वभावकी मर्मज्ञ, श्रीमती कुलवती, छोरीहरु अध्ययनशील विद्वान् त्यसैगरी पुरुषहरु पनि उच्च कुलीन, शालीन स्वभावका विद्वान्, दानशील एवं परोपकारी भएको खण्डमा गृहपतिको इज्जत रहन्छ । वैदिक सनातन हिन्दु धर्ममा पत्नी अर्थात् नारी जगतलाई बडो सम्मान गरिएको पाइन्छ । छोरी, बहिनी बुहारीलाई बडो स्नेहले आदरपूर्वक पालनपोषण गर्नुपर्ने कुरा पनि शुक्राचार्यले उल्लेख गरेका छन् । छोरी बुहारीको सम्मान गर्नु भनेको नारीको सम्मान हो, उनीहरुप्रति आदरभाव देखाउनु हो । हिन्दु सनातन धर्ममा पत्नीलाई साक्षात् लक्ष्मीको रुपमा वर्णन गरिएको छ । नेपाली समाजमा पनि पत्नीलाई गृहलक्ष्मी भन्ने चलन अद्यावधि छँदै छ । पत्नी नै घरकी शोभा हुन्, पत्नीबिनाको घर वास्तवमा घर होइन र घरको कुनै शोभा पनि हुँदैन ।

हाम्रो नेपाली समाजले त साँझमा सधवा नारीको नाडीमा भएका चुराको झङ्कारले मन्दिरमा भएको घण्ट ध्वनिको काम गर्ने विश्वास गर्दछ । हाम्रा शास्त्रले पत्नीको महत्व राम्ररी दर्शाएका छन् । जुन पुरुषले स्त्रीको सम्मान गर्न जान्दछ त्यसले आफ्नो गृह सञ्चालन पनि राम्रारी गर्न जान्दछ । आफ्ना श्रीमान्ले आफूलाई राम्रोसँग माया गरोस्, आफ्ना मनका चाहनाहरु पनि पूरा गरिदियोस् भन्ने कुरा पत्नीले चाहनु अस्वाभाविक होइन । जसले सम्मान गर्न जानेको हुन्छ माया पनि त्यसैले गर्न जानेको हुन्छ भन्ने कुरा हाम्रो समाजमा व्याप्त छ । श्रीमान्ले आफ्नी श्रीमतीलाई राम्रो भोजन समायानुकूलको वस्त्र, यथाशक्य गरगहना इत्यादि दिएर र रसिला ज्ञानोपयोगी कुराकानी गरेर सदा सन्तुष्ट राख्नुपर्दछ, कदापि सराप्नु हुँदैन भनेर शाण्डिल्य मुनिले आफ्नो शाण्डिल्यस्मृति नामक ग्रन्थमा उल्लेख गरेका छन् । विवाह परमात्माको अनुकम्पाले निर्धारण गरिने कुरा हो, आफ्ना इच्छाले होइन, देवताले दिएर मात्र पाइन्छ । त्यसैले देवतालाई प्रसन्न पार्न पनि धर्मपत्नीलाई राम्रो व्यवहार गरेर भरणपोषण गर्नु पर्दछ । उल्लेखित सम्पूर्ण कुराहरुबाट पनि हिन्दु धर्मशास्त्रहरुमा नारीलाई अत्यन्त सम्मान गरिएको कुरा स्पष्ट हुन आउँछ ।

काम क्रिया
सनातन वैदिक धर्ममा कामलाई पनि महत्वपूर्ण स्थान दिइएको छ । वर्तमानमा मात्र नभई भूत र भविष्यमा समेत कामले राम्रो प्रभाव पारेको हुन्छ । मानिसले कर्तव्यमा अडिग भएर धर्मले युक्त भएर आर्जन गरेको सम्पत्तिको उपयोग तथा उपभोग पनि धर्मको वृद्धिको लागि नै गर्नुपर्दछ । काम भनेको लौकिक अर्थमा अर्थात् अपठितहरुका भाषामा रतिसुख तर बौद्धिक, तपस्वी, ज्ञानी जनहरुका परिभाषामा भने कामको अर्थ प्राप्ति हो । कठिन परिश्रम गरेर दुःख मिहिनेतका साथ आर्जन गरेको सम्पत्तिको समुचित प्रयोग नै वास्तवमा काम हो । उपयोग अन्तर्गत विभिन्न सुखहरु पर्दछन् । संस्कृत वाङ्मयमा सुखको लक्षण पनि बताइएको छ । ‘अनुकूलवेदनीयं सुखम्’ अनुकूलताको अनुभव सुख हो भने ‘प्रतिकूल वेदनीयं दुःखम्’ अर्थात् प्रतिकूलताको अनुभव नै दुःख हो । उपयोग भनेको प्रयोग हो । जहाँ आफ्नो मनले अनुकूलता ठान्दछ त्यही नै सुख हुन्छ । तसर्थ सुखको अनुभव पनि एक प्रकारको काम नै हो । मनाव हृदयमा सूक्ष्म रूपमा विकार तथा वासना रहिरहेको अवस्थामा त्यो विकार तथा वासनालाई मर्यादामा रहेर नियन्त्रण गर्नु नै सनातन धर्मको अर्थ हो । हाम्रो पर्यावरणमा रहने गरेका फोहोरमैला तथा हिलोमा पुष्पहरु फुल्दछन् । जस्तैः हिलोमा कमल फुल्छ । हाम्रो संस्कृति सभ्याताले हिलो मात्र नदेखी, फूल फुलेको पनि देख्न सक्छ भन्ने सन्देश दिन चाहान्छ । हाम्रो दर्शनले हिलोको सान्निध्यतालाई आफ्नो लक्ष्य ठान्दैन तर लक्ष्य प्राप्तिको माध्यम ठान्दछ । हाम्रो लक्ष्य त कमलको फूलको सुन्दरता, कोमलता, वासना आदिको ग्रहण गर्नु हो । मेघमा चाँदीको घेराको खोजी गर्नु, जमिनमुनि हीरा, मोती, सुनको खोजी गर्नु, समुन्द्रको छालमा शंखको खोजी गर्नु हाम्रो मानव सभ्यताको लक्ष्य हुनुपर्दछ । जहाँ अभाव हुन्छ, जहाँ विनाश हुन्छ, त्यहाँ पूर्तिसँगै विकासको सम्भावना देख्नु हाम्रो मानव सभ्यताको धर्म पनि हो । त्यसैले काम नराम्रो होइन कि काम राम्रो कर्मको द्योतक पनि हो ।

गृहस्थाश्रमको सुरुवाती गन्तव्य विवाह हो । विवाह पछि बल्ल गृहस्थाश्रमको पहिलो पाइला सुरु हुन्छ । गृहस्थ धर्मको प्रमुख धर्म हो । विवाह ग्राहस्थ जीवनको प्रमुख दायित्व हो । सन्तान उत्पादनको निम्ति सबै संस्कारमध्ये विवाह संस्कार श्रेष्ठ संस्कार हो । स्त्री–पुरुषबीचको सम्बन्ध एक जन्मको मात्र नभएर जन्मजन्मान्तरको तपस्या, कर्म, भाग्य आदिको प्रभावले हुन्छ भन्ने कुराको विश्वास सनातन धर्मले गरेको छ । तर हाम्रो वैदिक आर्य सभ्यताभन्दा बाहिरको सभ्यता र धर्मले भने विवाहलाई कामवासनाको तृप्ति गर्ने साधन र माध्यम मात्र ठान्दछन् । पश्चात्य धर्म दर्शन र पूर्वीय वैदिक बीच अन्तर नै यही छ । उनीहरुले विवाह सम्बन्ध संयोग हो र विवाह सम्बन्ध विच्छेदलाई सामान्य रूपमा लिएका छन् ।

आँखा, नाक, कान, जिब्रो र छालाजस्ता पाँच इन्द्रियहरुको इच्छा अनुसार रूप, गन्ध, शब्द, रस र स्पर्शको प्राप्तिबाट मानिसले जुन आनन्द प्राप्त गर्दछ त्यो नै काम हो । धर्मदर्शन तथा समाजका सबै पक्षको पछाडि कामको भावना लुकेको हुन्छ । समाजका विकासका कार्यहरु अगाडि बढ्नमा पनि मानव कामले भूमिका लखेको हुन्छ । नियमित र स्वच्छ काम गर्नाले मानव जतिखेर पनि स्वस्थ हुन्छ । पुरुषको तुलनामा स्त्रीको आहार दुई गुना, लज्जा चार गुना, साहस छ गुना तथा कामवेग आठ गुना बढी हुन्छ भनी काम शास्त्रमा उल्लेख गरिएको छ । नारीहरुमा पुरुषको तुलनामा कामचाहना बढी हुन .

प्रतिकृया