नेपाल एडुफेयर डटकमको शैक्षिक मेलामा विद्यार्थीको आकर्षण
प्रकाशित मिति
२०७७ माघ ८ गते, बिहीबार ०९:३३
काठमाडौंः नेपाल एडुफेयर डटकमको चौथो भर्चुअल शैक्षिक मेलामा विद्यार्थी तथा शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरुको आकर्षण बढेको छ ।
७ गतेदेखि सुरुभएको यो मेलामा प्लस टु उत्तीर्ण गरी स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्य रहेको छ ।
मेलामा कक्षा १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढे पछि के बन्ने रु के–कस्ताअवसर छन् ? विषय कसरी छनोट गर्ने ? नेपालमा के–कस्ता विषयको पढाइ हुन्छ ? विश्व बजारमा प्रतिस्पर्धा गर्न कुन विषय उपयुक्त हुन्छ ? कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्व, सम्भावना, छनोट आदिका विषयमा सहजीकरण गर्न पाएसँगै विद्यार्थीहरुमा उत्साह थपिएको हो ।
परामर्शका लागि विद्यार्थी कलेज धाउनु पर्ने बाध्यतालाई मध्य नजर गरेर विद्यार्थी, अभिभावक र कलेजलाई जोड्ने पुलको रूपमा भर्चुअल शैक्षिक मेला आयोजना भएको अयोजकको भनाई छ ।
त्यस्तै,ई–सेवाबाट ल्यापटपर नेपाल एडुफेयर डटकममा भिजिट गरेर ई–सेवामा क्लिक गर्ने बित्तिकै ५० रुपैयाँ क्यास ब्याक आउने छ । साथै विद्यार्थीलाई स्नातक तहमा नौ वटा विषयमा प्लस टु तहका ३५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएको छ ।
मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता छ । यो मेला माघ २० गतेसम्म चल्ने छ ।






प्रतिकृया