• ३१ भदौ २०८३, बुधबार
  • ७ः२७ बेलुका

प्रियंका चोपडाको ४ करोड फलोअर्स

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:०२

जेठ ।
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको इन्स्टाग्राममा चार करोड फलोअर्स पुगेका छन् । उनले हाल बलिउडबाट हलिउडका चलचित्रहरुसम्म सफल यात्रा गरेकी छिन् ।

National Life

प्रियंका पहिलो बलिउड कलाकार हुन् जसको सामाजिक संजालमा यती धेरै फलोअर्स पुग्न सफल भएको छ । प्रियंकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा ४ करोड फलोअर्स पुगेको अवसरमा सबै फलोअर्सलाई धन्यवाद दिएकी छिन् ।

उनले सबैलाई धन्यवाद दिँदै एक भिडियो सार्वजनिक गरेकी थिइन । सार्वजनिक गरिएको उक्त भिडियोमा प्रियंकालाई निकै उत्साहित देखिन सकिन्छ । प्रियंकाले आफ्नो सामाजिक संजालमा आबद्ध हुने सबै फलोअर, आफ्नो सहयात्रीहरु तथा सम्पूर्ण इन्स्टा परिवारलाई धन्यवाद दिँदै माया बाँडेकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आफू भन्दा निकै कम उमेरको निक जोनास संगको प्रेम सम्वन्ध होस् या उनीसंग विवाहको कारणले होस् पछिल्लो समय धेरै नै चर्चमा रहेकी अभिनेत्री हुन् प्रियंका । हालै प्रियंका चोपडाले ‘मेट गाला २०१९’ मा लगाएको पहिरनको कारणले पनि उनको निकै नै ट्रोल बनिरहेको छ । प्रियंकाले हलिवड गित गाउनुका साथै फिल्म पनि खेलेकि छिन ।

प्रतिकृया