• १२ असोज २०८३, सोमबार
  • १२ः३१ दिउँसो

सहुलियतपूर्ण कर्जामा कृषि र महिला उद्यमको अंश बढी

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०७:११

काठमाडौं: बैंक तथा वित्तीय संस्थाले १० शीर्षकका सहुलियतपूर्ण कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय र महिला उद्यमशीलता क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

National Life

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत मङ्सिरसम्ममा कुल ५२ हजार ४८ जनाले ब्याज अनुदानमा सहुलियतपूर्ण ऋण उपयोग गरेका छन् । तीमध्ये ३० हजार ८ सय ७ जनाले व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिएका छन् । महिला उद्यमशीलतामा १९ हजार ६ सय ३५ जनाले ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् ।

सहुुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७७ मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न ९ शीर्षकका कर्जाबाट लाभान्वित ऋणीहरूमा ८६ अर्ब २९ करोड ९२ लाख कर्जा बक्यौता रहेको छ । गत वर्षको सोही अवधिमा कुल २२ हजार ९६ जनाले ३९ अर्ब ५६ करोड ७२ लाख रुपैयाँ बराबरको कर्जा लिएका थिए । गतवर्ष पनि त्यस अवधिभर कृषि र महिला उद्यमशीलता क्षेत्रमा बढी कर्जा प्रवाह भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत चैतपछिका केही महीनामा बन्दाबन्दी तथा निषेधाज्ञाले सहुलियतपूर्ण कर्जा प्रवाह प्रभावित बनेको बैंकरहरूले बताएका थिए । तर, अहिले यस्तो कर्जा लगानीमा समेत राम्रो सुधार हुन थालेको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले औंल्याए ।

भट्टका अनुसार समग्रमा चालू आवको ५ महीनामा यस्तो कर्जा करीब रू।२७ अर्ब थप गएको देखिन्छ । ‘यसपटक सरकारले ब्याज अनुदानमा दिने सहुलियतपूर्ण कर्जामा उल्लेख्य बजेट छुट्ट्याएको छ । यस शीर्षकमा बैंकहरूले ऋण लगानी गर्न सके कर्जा उत्पादनशील क्षेत्रतर्पm जाने देखिन्छ । अन्यथा बैंकहरूमा ठूलो रकम पुनर्कर्जामा गइरहेको छ,’ उनले अभियानसँग भने ।

अहिले रेमिट्यान्स पनि राम्रै भित्रिएको र यो निक्षेपका रूपमा जम्मा भइरहेको बताउँदै उनले भने, ‘यो सबै रकम सम्पत्ति बजार अर्थात जोखिम उत्पन्न गर्ने क्षेत्रतर्पm मात्रै जाने सम्भावना भएकाले यसलाई व्यवस्थापन गर्न पनि बैंकहरूले सहुलियतपूर्ण कर्जा प्रवाहलाई अत्यन्तै प्राथमिकतामा राख्नुपर्छ ।’

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू भदौसम्ममा प्रवाह गरेको कुल कर्जाको सबैभन्दा बढी अंश कृषिमा छ जुन विना धितोमा भन्दा बढी धितो कर्जामा गएको छ ।
बैंक तथा वित्तीय संस्थाले १ अर्ब अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको कृषि कर्जा विनाधितो प्रवाह गरेका छन् । बाँकी ६७ अर्ब ५३ करोड ५३ लाख बराबरको कृषि कर्जा धितोमा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायका लागि प्रतिव्यक्ति रू। ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान पाउन सकिन्छ ।

साथै, यसभन्दा बढीको कर्जा २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ । आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिकृया