• ११ असोज २०८३, आइतबार
  • ४ः२८ बिहान

भक्तपुरको बोडेमा मनाइयो २३ औं भूकम्प सुरक्षा दिवस

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०६:३८

भक्तपुरः भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको बोडेमा ‘२३ औं भूकम्प सुरक्षा दिवस २०७७’ मनाइएको छ ।

National Life

शुक्रबार गृहमन्त्री राम बहादुर थापाको उपस्थितिमा २३ औं भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै गृहमन्त्री राम बहादुर थापाले भूकम्पबाट आफूहरु कसरी बच्ने, नागरिकहरुको जनधनको कसरी रक्षा गर्ने तथा उक्त महान चुनौतीहरुको कसरी सामना गर्ने ? भन्ने विषयमा सचेतना कार्यक्रमहरु गर्नु आवश्यक रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

भूकम्पका कारण अधिकांश भवनहरु भत्किएकाले भवनहरु बनाउदा नेपाल सरकारको मापदण्ड अनुसार मात्र भवनहरु बनाउन आग्रह गर्दै उनले महानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा भूकम्प प्रतिरोधात्मक नक्साहरुलाई मात्र घर बनाउन अनुमति दिनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुरले भूकम्पको बेला कसरी सुरक्षित रहने भन्नने बिषयमा नमूनाहरु प्रस्तुत गरेको थियो ।

 

प्रतिकृया