• ५ भदौ २०८३, शनिबार
  • १:१७ बेलुका

सरकारले ल्याएको विद्येयकलाई अगाडी बढन नदिने : अध्यक्ष बुढाथोकी

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:४८

 

८ जेठ , भक्तपुर । सरकारले हालै संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार आन्दोलित बनेका छन्।

Kamana Sewa

मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा मिडिया काउन्सिल विधेयक दर्ता भएको थियो। प्रेस स्वतन्त्रतालाई साँघुरो बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै सरकारको कदमका विरुद्ध देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा देशभरका पत्रकारले ऐक्यवद्धता जनाएका थिए । विधेयकको प्रावधानमा विरोध जनाउँदै नेपाल पत्रकार महासंघले बिभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

Classic Tech Desktop

सरकारको कदमको विरोधस्वरुप आन्दोलनअन्तर्गत केहि दिन अघि हातमा कालो पट्टी बाँधेर देशभरका पत्रकार कार्यक्षेत्रमा खटिएका थिए । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ। अहिले तमाम प्रेस जगत काउन्सिल विधेयकको विरोधमा उत्रिएका छन् ।

यस विषयमा बोल्दै भक्तपुर, पत्रकार महासंघका अध्यक्ष पुस्करराज बुढाथोकीले पत्रकारितालाई निरुत्साहित गर्न खोजिएको बताउनुभयो । उहाँले पत्रकारले समाचार लेखेकै भरमा एउटा अपराधि जस्तो कठघरामा उभ्याउने जुन सोचका साथ सरकारले मिडिया काउन्सिल विद्येयक ल्याएको छ त्यसलाई अगाडी बढन नदिन, संसदबाट असफल गराउन सिगों नेपाली प्रेस , पत्रकार र पत्रकार महासंघ आन्दोलित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो , “ बलभन्दा बुद्धि प्रयोग गरी कडा आन्दोलन गर्नेछौ ,सरकारले हाम्रो कुरा सुनेन भने अन्तर्रा्ष्ट्रिय मिडिया मिसन बोलाइ नेपालको पत्रकारिता क्षेत्रलाई स्वतन्त्र बनाउने छौ । ”

प्रतिकृया