नेकपा भक्तपुर जिल्ला कमिटी को १४५ सदस्यीय कमिटी चयन
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ११:४१
जेठ, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भक्तपुर जिल्ला कमिटीले १४५ सदस्यीय कमिटी चयन गर्दै पूर्णता पाएको छ ।

शनिवार जिल्ला कमिटीले आयोजना गरेको सपथ ग्रहण सम्पन्न भएको छ । तत्कालिन एमालेबाट ८२ जना र तत्कालिन माओवादी केन्द्रबाट ६३ जना जिल्ला कमिटीमा चयन हुनुभएको छ ।

चयन हुनुभएका सम्पूर्ण जिल्ला कमिटीका सदस्यहरुलाई नेकपा प्रदेश नं। ३ को इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यले सपथ ग्रहण गराउनुभएको थियो ।
नेकपा का युवा नेता, पूर्वउधोग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दिनप्रति दिन आइरहेको चुनौतिको सामना गर्दै कम्युनिष्ट पार्टी सहिढंगले अघि लाग्ने बताउनुभयो । उहाँले सबै प्रदेशमा बलियो सरकार बनाउदै गएको भन्दै झण्डै दुईतिहाई हाराहारीमा संघिय सरकार निर्माण गर्ने र स्थानीय तहमा प्रतिनिधित्व गर्ने ठाँउमा पुगेको स्मरण गरानुभयो।
उहाँले भन्नुभयो, ूअब हामी कसरी यो मुलुकको समृद्धिका लागी हाम्रो सामु आएको कार्यभारलाई व्यवस्थित ढंगले लान्छौ यो एक चुनौति हुनेछ , हाम्रा परिर्वतित कार्यभारलाई सहिढंगले लैजान सक्छौ कि सक्दैनौ त्यसबाट नै हाम्रो सफलता र असफलताको छिनोफानो हुनेछ । ू चयन भएको सदस्यीय कमिटी पंक्तिले भक्तपुरको समृद्धिलाई जुरुक्क उठाउनको निम्ति महत्वपूर्ण भुमिका खेल्ने उहाँको विश्वास छ । उहाँले,ू भक्तपुरको समृद्धिमा हामी एक कदम अघि बढेका छौ र यस एकताको प्रक्रियाले हामीलाई थप अधि बढन गति प्रदान गर्नेछ ू भन्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका का प्रमुख सोम प्रसाद मिश्रले सबैभन्दा कम उमेर र सबैभन्दा बढि उमेर आदिको सहकार्यमा १४५ सदस्यीय कमिटी चयनमा भएको बताउदै केहि सदस्यमा नपरे निराश नहुन आग्रह र्गनुभयो । उहाँले अझै संरचना, केन्द्रिय विभाग र प्रादेशिक विभाग बन्न बाकिँ रहेको बताउदै ९ महिनाको यस कमिटि पछि थप अधिवेशन हुने र त्यसपछि कम्युनिष्ट पार्टी अघि बढने आदि कुरामा प्रकाश पार्नभयो ।
नारायण प्रसाद दाहालले नेपालमा छरपस्ट भएका कम्युनिष्ट पार्टिलाई एकिकृत गर्दै र आमजनतालाई अनुभुत हुनेढंगले कार्य गरेर देशको मुहार फर्ने बताउनुभयो । उहाँले बोलेर वा भनेर मात्र समस्याको समाधान नहुने बताउदै दृढताका साथ केहि गरेरपनि देखाउने कुरामा जोड दिनुभयो । साथै उहाँले कुनैपनि विचार तथा सुझाबलाई गम्भिरताका साथ लिएर अघि बढने बताउनुभयो ।
यस्तै नेकपा प्रदेश नं। ३ को इन्चार्ज तथा स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्यले कम्युनिष्ट पार्टिलाई थप बलियो बनाउन आग्रह गर्नुभयो । कुनैपनि सिद्धान्त तथा विचारलाई बलियो बनाई जनताको साथ र सहयोग ले अझ उचाईमा पुग्ने उहाँको भनाइ थियो । उहाँले कम्युनिष्ट पार्टिले आउने दिनमा अझ व्यवस्थित ढंगले कार्य गर्दै समृद्धि निर्माण गर्न एकजुट हुने प्रतिबद्धता जनाउनुभयो।
जिल्ला कमिटी अध्यक्ष बचन देउजाले पार्टि कमिटि चयन भएकोमा शुभकामना ब्यक्त गर्दै सबै एकताबद्ध भई सकारात्मक कदम चाल्नेमा विश्वस्त रहेको बताउनुभयो।
जिल्ला कमिटी अध्यक्ष बचन देउजाको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य, केन्द्रीय सदस्य महेश बस्नेत, दिलिप प्रजापति, शोम मिश्र, देवी ज्ञवाली, नारायण प्रसदा दाहाल, आनन्द पोखरेल लगायतले नयाँ जिल्ला कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।




प्रतिकृया