• ३१ भदौ २०८३, बुधबार
  • ११ः१४ राती

विकासको हिसावले भक्तपुर देशकै उत्कृष्ट रहने : सांसद बस्नेत

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:४०

 

National Life

जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिका गेलाल गाउँदेखी ज्योलिङ्गेश्वर जाने सडक तथा जागृति चोकदेखी गेलाल गाउँ जाने दुई वटा सडकको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शिलान्यास कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता, पूर्वउधोगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिमा लागेका सम्पूर्ण सरोकारवाला निकाय तथा जनतालाई एक ढिक्का भई ढुक्क भएर लाग्न आग्रह गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सांसद बस्नेतले भक्तपुरको विकासमा नेपाल मजदुर किसान पार्टीले हैन, इन्द्रेको बाउ चन्दै आए पनि रोक्न नसक्ने चेतावनी दिदै जनप्रतिनिधि नभएको भनि चिन्ता लिनु नपर्ने बताउनुभयो ।

उहाँले भक्तपुर क्षेत्र नं। १ को सवै जनप्रतिनिधिको जिम्मा नेकपाले लिने भन्दै चाँगुनारायणको विकास र समृद्धिमा प्रेम सुवाल नआए पनि विकास नरोकिने बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले नेपाल मजदुर किसान पार्टी विकास विरोधी, भ्रष्टाचारी, घुसखोरी, सफाई अभियानको विरोधी तथा कमिसनको दलदलमा रहेको बताउनुभयो ।

उहाँले भक्तपुरमा निर्माणको प्रकृयामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु रंगशाला, स्मार्ट सिटी लगायतका राष्ट्रिय गौरवका आयोजना असफल बनाउन उद्धत रहेको साथै प्रदेश नं। ३ को राजधानी भक्तपुर ल्याउन नदिने घृणीत स्वार्थीय खेलमा लागेको भक्तपुरको एक मात्र पार्टी नेमकिपा भएको बताउनुभयो ।

उहाँले भक्तपुरको समग्र विकास तथा तिव्र रुपमा निर्माणको क्रममा रहेको हनुमन्ते नदीको करिडोर निर्माण प्रकृया तत्काल बन्द गर्नुपर्ने साथै विकास हुनलागेको समेत विगार्ने नेमकिपाको सिद्धान्त जस्तै भईसकेको औंल्याउनुभयो ।

उहाँले सबैको साथ र सहयोग नै विकासको हिसावले भक्तपुर देशकै उत्कृष्ट रहेको बताउँदै सडकको विकास र विस्तारमा भक्तपुरले ऐतिहासिक ठूलो क्रान्ति नै गरेको बताउनुभयो । अरनीको राजमार्गको वैकल्पीक सडकका रुपमा सडकहरु विस्तार हुने क्रममा रहेको बताउँदै उहाँले उपत्यका विकास प्राधिकरणबाट यो वर्षमात्र ३० करोडको रकम प्राप्त भएको जानकारी गराउनुभयो ।

सांसद बस्नेतले मेलम्चीको विकल्पमा विभिन्न पाँच वटा ड्याम बनाउने प्रकृया अघि बढाएको बताउँदै आर्थिक समृद्धिको साथमा पर्यटनको विकास भक्तपुरको मुख्य योजना रहेको प्रष्ट पार्नुभयो ।

आगामी वर्षमा यो भन्दा बढी विकासका कार्यक्रमहरु हुने बताउँदै उहाँले स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, प्राणी उद्यान केन्द्र, रंगशाला, सभागृह, अरनिको राजमार्गलाई ६ लेनको बनाउने लगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले मेलम्चीको पानी सपूर्ण भक्तपुरमा वितरण गर्ने गरी प्रयास भइरहेको समेत जानकारी गराउनुभयो । उहाँले अन्य विविध कुराको प्रकाश र्पानुभएको थियो ।

यसैगरी कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख तथा स्थानीय परियोजना निर्देशन समितीका संयोजक सोम प्रसाद मिश्रले थाई जनता र नेपाली जनताको पनि सहयोगले सडक शिलन्यास भएको बताउदैैं अन्य विपत व्यवस्थापनको क्षेत्रमा चाँगुनारायण नगरपालिकाले महत्वपूर्ण कामहरु गरेको बताउनुभयो ।

सडक डिभिजन कार्यालय बाट विनियोजित रु ६ करोडको लागतमा गेलाल गाँउ ज्योतिलिङ्गेश्वर सडक स्तरोन्नती र कालोपत्र गर्न साथै प्रदेश सरकार र नगरपालिका बाट विनियोजित रु ४ करोड ७७ लाखको लागतमा जागृती चोकदेखी गेलाल गाँउसम्मको सडक स्तरोन्नती र कालोपत्र गर्न शिलान्यास गरिएको थियो ।

प्रतिकृया