• ११ असोज २०८३, आइतबार
  • २ः२७ दिउँसो

प्रधानमन्त्री ओली धनगढीमाः स्वागतका लागि गएनन् सुदूपश्चिमका मुख्यमन्त्री र प्रतिनिधि

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०१:३४

काठमाडौंः प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली कैलालीको धनगढी पुगेका छन् ।

National Life

जनसभालाई सम्बोधन गर्न काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज मार्फत प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएता पनि उलाई स्वागत गर्न भने प्रदेश सरकारका मूख्यमन्त्रीदेखि अन्य मन्त्री र पदाधिकारी कोहीपनि पुगेका छैनन् । उनलाई स्वागत गर्न केवल उनी निकट पार्टी कार्यकर्ता मात्र पुगेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको जनाएको छ ।

कर्णाली प्रदेश सरकारमा ओली पक्षको सहभागीता शून्य छ । प्रदेशसभामा पनि प्रचण्ड–माधव नेपाल पक्षकै बाहुल्य छ ।

 

प्रतिकृया