• १० असोज २०८३, शनिबार
  • ११ः१० बिहान

प्रियंका चोपडा कपाल रंगाउन पुगेको सैलुनमा जब प्रहरी पुग्यो

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०१:२०

एजेन्सी: बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्ना श्रीमान निक जोनससँग लन्डनमा छिन्। कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण लन्डनमा फेरि लकडाउन जारी गरिएको छ। लकडाउनकै बीच प्रियंका भने आफ्नो कपाल मिलाउन र रंगाउन नटिङ हिलस्थित जोस उड सलुन पुगेकी छिन्।

National Life

बेलायती समाचर वेबसाइट ‘मेल अनलाइन’का अनुसार, ३८ वर्षीया अभिनेत्री बुधबार साँझ आफ्नी आमा मधु र कुकुर डायनासँग सलुन पुगेकी हुन्। उनीहरूसँगै स्टाइलिस जोस उड पनि थिए। जोस उड प्रियंकाको कपाल बनाइदिने स्टाइलिस हुन्।

प्रियंका सलुन पुगेको केही समयमै प्रहरीहरू त्यहाँ पुगे। उनीहरूले सलुनमा उपस्थित ग्राहकहरूलाई त्यहाँबाट जान भने। तर सलुन र प्रियंकालाई कुनै कारबाही नगरी प्रहरीहरू फर्किए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रियंकाका प्रवक्ताले यसबारे मेल अनलाइनलाई भनेका छन्, ‘सरकारले तोकेको मापदण्ड अपनाएरै प्रियंका चोपडा जोनसको कपालमा रंग लगाउन हामी जोस उडमा आएका हौं। यो उनको नयाँ फिल्मका लागि हो।’

प्रवक्ताका अनुसार, सलुन निजी प्रयोजनका लागि खुलाइएको थियो। त्यहाँ उपस्थित सबैको कोभिड परीक्षण पनि गराइएको थियो भने फिल्म प्रोडक्सन टोलीले मापदण्ड अपनाएर काम गरिरहेका थिए।

फिल्म लन्डनका अनुसार, अहिले सरकारले तोकेको मापदण्ड अपनाउँदै बेलायती राजधानी र केही स्थानमा फिल्म छायांकन गर्ने अनुमति दिइएको छ। फिल्म प्रोडक्सनसँग अनुमति पत्र भएका कारण प्रहरीहरू सलुनबाट चुपचाप सन्तुष्ट भएर निस्केको मेल अनलाइनले लेखेको छ।

तर प्रियंका सलुन पुगेको फोटो सामाजिक सञ्जालमा फैलिएसँगै उनलाई धेरैले आलोचनात्मक प्रतिक्रिया जनाएका छन्। प्रियंका यतिबेला जिम स्ट्राउस निर्देशित अमेरिकी फिल्म ‘टेक्स्ट फर यु’को छायांकनमा व्यस्त छिन्। यसको छायांकन जनवरी अन्तिममा सकिने अनुमान लगाइएको छ।

लन्डनको काम सकेर प्रोडक्सन टोली जतिसक्दो चाँडो अमेरिका फर्कने तरखरमा छन्। फिल्म ‘टेक्स्ट फर यु’ एक युवतीको कथा हो जसका श्रीमानको कार दुर्घटनामा मृत्यु हुन्छ। तर युवतीले उनका मृत श्रीमानको फोनमा दुई वर्षसम्म निरन्तर मेसेज पठाइरहन्छिन्। जब त्यो नम्बर पुनः दर्ता हुन्छ, ती युवतीको सम्बन्ध पनि नयाँ दर्ता भएको व्यक्तिसँग विकास हुन्छ।

प्रतिकृया