प्रभावकारी ढंगले कामगर्न विज्ञापन बोर्डलाई निर्देशन सञ्चारमन्त्री निर्देशन
प्रकाशित मिति
२०७७ पुष २१ गते, मंगलवार ०४:२५
काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले कामगर्न विज्ञापन बोर्डलाई निर्देशन दिनु दिएका छन् ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धि अरबौंको बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले कामगर्न बोर्डलाई आग्रह गरेका हुन् ।
मंगलबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए ।
‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न,’मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’
मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी कामगर्न गठित कार्यदललाई पौष मसान्त भित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन पनि आग्रह गरे ।








प्रतिकृया