• ७ असोज २०८३, बुधबार
  • ५ः३९ बेलुका

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले गेटाफे पराजित

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०७:२०

एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि जित निकेलेको छ ।

National Life

बुधबार राति भएको खेलमा घरेलु टोली एटलेटिको मड्रिडले गेटाफेमाथि १–० गोलअन्तरले जित निकालेको हो ।

घरेलु टोलको जितमा लुइस स्वारेजले निर्णायक गोल गरे। उनले याननिक कर्रास्कोको पासमा खेलको २० औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिको मड्रिडले अंकतालिकामा स्पस्ट २ अंकको अग्रता बनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

१४ खेल खेलेको एटलेटिकोले ३५ अंक बनाउँदै शीर्ष स्थानमा छ भने १६ खेलबाट ३३ अंक जोडेको रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिकृया