नेपाल इन्भेष्टमेन्ट बैंकको ३४औँ साधारणसभा माघमा
प्रकाशित मिति
२०७७ पुष १६ गते, बिहीबार ०६:२०
काठमाडौं -नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते ३४ औँ वार्षिक साधारणसभा डाकेको छ । बैंकले गत आर्थिक वर्ष २०७६र०७७ को मुनामाफबाट ५।५ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।
बैंकको हालको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि चुक्ता पुँजी १६ अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ । बैंकले प्रस्ताव गरेको लाभांश पुस २१ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने छन् ।
साधारणसभा प्रयोजनका लागि पुस २२ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्दै छ । बैंकले साधारणसभामा सर्वसाधारण शेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । बोनस शेयर वितरणपछि पुँजी बढ्ने भएकाले अधिकृत पुँजी १८ अर्ब रुपैयाँ कायम गर्ने गरि प्रवन्धपत्र संसोधनको विशेष प्रस्ताव पेश गर्दै छ ।






प्रतिकृया