• ८ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

अष्ट्रेलियामा गर्मी बढ्दै

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०६:१७

 

National Life

सिड्नी– अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिनाकै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ ।

सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम नभएको पनि मौसमविद्हरूले बताएका छन् । सिड्नीमा आइतबार बिहान ४ः३० बजेको तापक्रम पनि ३० डिग्रीभन्दा बढी रहेको थियो । सिड्नीमा आइतबार दोस्रो दिन पनि तापक्रम ४० डिग्रीभन्दा बढी नै रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘त्यसैगरी दक्षिणपूर्वी अष्ट्रेलियाको न्यू साउथ वेल्समा पनि शनिबार र आइतबार अत्यधिक गर्मी महशुस गरिएको छ भने यहाँ गर्मी अझ बढ्ने सङ्केत देखिएको छ,’ मौसम विभागका एक अधिकारी अगाटा इमिएल्स्काले भने ।

अष्ट्रेलियामा सन् २०१९को अन्त्य र सन् २०२० को सुरुमा जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउन नसक्दा ३३ मानिससहित तीन अर्ब प्राणीले अकालमा मृत्यु वा विस्थापित भएको घटना ताजै रहे पनि यो वर्ष पनि अत्यधिक गर्मीसँगै डढेलोका घटना बढ्नसक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका हुन् ।

डढेलोका कारण अष्ट्रेलियाले यो शताब्दीकै बढी क्षति ब्यहोरेको एक वर्षपछि पनि करिब ६० स्थानमा डढेलो लागेको समाचारहरू सार्वजनिक भएका छन् । गत वर्षको डढेलोका कारण अष्ट्रेलियाले सात अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार बहन गर्नुपरेको थियो । एजेन्सी

 

प्रतिकृया