यूएईले केही हप्तामै मङ्गल ग्रहमा यान पठाउदै
प्रकाशित मिति
२०७७ पुष १६ गते, बिहीबार ०६:२४
कठमाडौं – यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको छ। अरब क्षेत्रको पहिलो अन्तरिक्ष लक्ष्यको रूपमा रहेको यूएईको मङ्गल ग्रहमा जाने यान केही हप्तामै प्रक्षेपण हुने बताइएको हो ।
अर्को हप्ता त्यसका लागि यानमा इन्धन भर्ने काम सुरु हुने बताइएको छ । करिब ४९ करोड ३० लाख किलोमिटर टाढा रहेको मङ्गलको कक्षमा पुग्न सो यानलाई सात महिना लाग्नेछ।
उक्त अन्तरिक्ष यानले त्यहाँको मौसम र वायुमण्डलबारे नयाँ तथ्य पठाउने योजना रहेको छ। एक दशकपछि नासाले उक्त यानले यथेष्ट तथ्याङ्क सङ्कलन गर्न मङ्गलको एक वर्ष अर्थात् ६८७ दिन नै मङ्गल ग्रहलाई परिक्रमा गर्नेछ। मङ्गल ग्रहलाई एकपटक घुम्न उक्त यानलाई ५५ घण्टा लाग्नेछ।
उक्त आयोजनाकी निर्देशक सारा अल९अमिरिले यो अन्तरिक्ष आयोजना अरबका युवा वैज्ञानिकहरूका लागि अन्तरिक्ष इन्जिनियरिङमा लाग्न एउटा ठूलो प्रोत्साहन हुने बताएकी छन्। यानको नाम अमल राखिएको छ जसको अर्थ आशा हुन्छ।
यो रोबोटजडित यान जापानको एउटा टापु तानेगाशिमाबाट जुलाई १४ का दिन अन्तरिक्षतर्फ लाग्नेछ। उक्त यानमा मङ्गलको वायुमण्डलको जटिल बनोट नापजाँच गर्नका लागि तीन प्रकारका उपकरण जडान गरिएका छन्।
दोस्रो इन्फ्रारेड स्पेक्ट्रोमीटर हो जसले वायुमण्डलको माथिल्लो र तल्लो तह नाप्नेछ। यो उपकरण अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयले विकास गरेको हो । यो आयोजनामा तीनवटा अमेरिकी विश्वविद्यालहरू सहभागी छन्।
तेस्रो सेन्सर अल्ट्राभायोलेट स्पेक्ट्रोमीटर हुनेछ जसले अक्सीजन र हाइड्रोजन तह नाप्नेछ। अल९अमिरिले अनुसन्धानको एउटा लक्ष्य पानी बन्नका लागि अत्यावश्यक हाइड्रोजन र अक्सीजन तत्व कसरी यो ग्रहबाट उडिरहेका छन् भन्ने पत्ता लगाउने रहेको बताइन्।
यूकेको साइन्स ग्रुपका निर्देशक सर इयान ब्ल्याचफोर्डले भने, “यस अघिका धेरै लक्ष्यहरूले भूबनोटमा केन्द्रित थिए तर यसले मङ्गलको वातावरणको विस्तृत र विहङ्गम दृष्य दिनेछ।“
यूएई यसअघि पनि अन्तरिक्षको यात्रामा सहभागी भएको थियो। यसले पृथ्वीको कक्षमा रकेटहरू पठाएको छ भने एकजनालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाएको थियो। अन्तरिक्षमा जाने पहिलो अरबी अन्तरिक्ष यात्री साउदी अरेबियाका राजकुमार सुल्तान बिन सलमान अल साउद हुन्।
उनी सन् १९८५ मा अमेरिकी अन्तरिक्ष यानमा उडेका थिए। तर अहिलेको लक्ष्य त्यो भन्दा बृहत् कुरा हो। अहिलेको अन्तरिक्ष यान यूएईमा बनेको हो र जापानको टापुमा पु¥याइसकिएको छ।
अन्तरिक्षमा जाने पहिलो अरबी अन्तरिक्ष यात्री साउदी अरेबियाका राजकुमार सुल्तान बिन सलमान अल साउद सन् १९८५ मा अमेरिकी अन्तरिक्ष यानमा उडेका थिए । उनले भनिन्, “यो मङ्गल ग्रहको अध्ययनमा महत्त्वपूर्ण पाइला हो।
यदि अरबको यो प्रयत्न सफल भयो भने युरोपेली स्पेस एजेन्सी र अमेरिकी अन्तरिक्ष निकाय नासा बाहेक अरूहरू पनि मङ्गलमा पुग्न सक्छन् भन्ने प्रमाणित हुनेछ। बीबीसी नेपाली
प्रतिकृया