• २ असोज २०८३, शुक्रबार
  • ११ः४० बिहान

आज दुई बजे सगरमाथाको उचाइ घोषणा

प्रकाशित मिति

२०७७ मंसिर २३ गते, मंगलवार ११:२६

काठमाडौं, आज अपरान्ह १ः ४५ बजे सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । सो घोषणाको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ ।

National Life

यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन् । सन् २००५ देखि नेपाल र चीनको बिचमा उचाइको विषयमा विवाद उत्पन्न भएको थियो ।

तर हिउँको सतहलाई उचाइको आधार मान्नुपर्ने नेपालको प्रस्तावमा चीन सहमत भएको छ । यस अगाडि चीनले चट्टानलाई आधार मान्नुपर्ने बताउँदै आएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । स्रोतका अनुसार सगरमाथाको उचाइमा केही वृद्धि भएको छ ।

हालसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको छ ।

 

प्रतिकृया