• २ असोज २०८३, शुक्रबार
  • १२ः५९ दिउँसो

सर्वदलीय बैठक बालुवाटारमा

प्रकाशित मिति

२०७७ मंसिर २३ गते, मंगलवार १२:००

काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । केहीबेर अगाडि सर्वदलीय बैठक शुरु भएको हो ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । बैठकमा २६ जना सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वदलीय बैठकमा राजसंस्था पुनस्थापनाका लागि देशभर भइरहेको प्रदर्शन, कोभिड महामारी लगायत समसायिक विषयमा छलफल हुनेछ ।

प्रतिकृया