• १० असार २०८३, बुधबार
  • १:०० बेलुका

तरुण दलद्धारा सबै जिल्ला समितिहरुलाई विरोधका सशक्त कार्यक्रमहरु संचालन गर्न माग

प्रकाशित मिति

२०७७ मंसिर १८ गते, बिहीबार ११:०३

काठमाण्डौ,  गृह जिल्लामा पुल उद्घाटन गर्न जानु भएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साथै नेपाली काँग्रेस तनहु जिल्ला कार्यवाहक सभापती जित प्रकाश आलेलाई पुल उद्घाटन गर्न नदिई शक्तिको आडमा प्रहरी दुव्र्यवहार गरिएको भन्दै नेपाल तरुण दलद्धारा प्रेस बिज्ञप्ती जारि गरेको छ ।

सत्ता र शक्तिको आडमा भएको प्रहरी दुव्र्यवहार र गिरफ्तारीको नेपाल तरुण दल केन्द्रिय समिति घोर निन्दा गर्दछ । हाम्रा वरिष्ठ नेता साथै नेपाली काँग्रेस तनहु जिल्ला कार्यवाहक सभापतीकोे चाडो भन्दा चाडो स–सम्मान रिहाईको जोड्दार माग गरदै यो बिज्ञप्ती जारि गरेको हो ।

Kamana Sewa

प्रशासनको यो गतिविधिको विरुद्धमा सम्पूर्ण जिल्लामा विरोधका सशक्त कार्यक्रमहरु संचालन गर्नका लागि नेपाल तरुण दल केन्द्रिय समिति सबै जिल्ला समितिहरुलाई यो बिज्ञप्ती मार्फत निर्देशन गरेको छ ।

Classic Tech Desktop

 

 

प्रतिकृया