एकदिवसीय खेलमा भारत बिरुद्ध अष्ट्रेलिया विजयी
प्रकाशित मिति
२०७७ मंसिर १४ गते, आईतवार ०७:१९
अष्ट्रेलियाले भारत बिरुद्ध एकदिवसीय खेलमा हालसम्मकै उच्च स्कोर बनाएर विजयी भएको छ । आज भएको खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै जम्मा ४ विकेटको क्षतिमा तीन सय ८९ रन बनाएको थियो ।
स्टार खेलाडी स्टिभ स्मिथको शानदार एक सय ४ रनको मद्दतमा अष्ट्रेलियाले भारत बिरुद्ध हालसम्मकै उच्च रन बनाउन सफल भएको हो । यस्तै अष्ट्रेलियाली खेलाडी डेभिड वार्नरले ८३ रन र मार्नस ल्याबुसेनले ७० रनको शानदार पारी खेलेका थिए ।
माथिल्लो क्रमका सबै पाँच ब्याट्सम्यानले अर्धशतकीय पारी खेलेर आजको खेलमा अर्को किर्तिमान समेत कायम भएको छ ।
जवाफी ब्याटिङमा उत्रिएको भारत तीन सय ३८ रनमै समेटिन पुग्यो । भारतीय पारीमा कप्तान विराट कोहलीले ८९ रन बनाएपनि खेल जित्न सो रन पर्याप्त भएन । अर्का भारतीय ब्याट्सम्यान के एल राहुलले ७६ रन बनाए । तर अन्य ब्याट्सम्यान चल्न नसक्दा भारत अष्ट्रेलिया सामु ५१ रनले हार्न पुग्यो ।






प्रतिकृया