नेपालको ओडीआई मान्यता २०२३ सम्म कायम रहने
प्रकाशित मिति
२०७७ मंसिर ३ गते, बुधबार ०६:४१
काठमाडौं, नेपाल क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म कायम रहने भएको छ । विश्वभर फैलिएको कोरोना महामारी र यस बीचमा कुनै प्रतियोगिता सिरिजहरु हुन नसकेकोले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको ओडीआई मान्यता एक वर्ष लम्बाएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० को बुधबार जारी भर्चुअल वार्षिक साधारण सभाको अवसरमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी दिए । सन् २०१८ मा नेपालले चार वर्षका लागि ओडीआई मान्यता पाएको थियो । जिम्बावेमा भएको ओडीआई वर्ल्डकप क्वालिफायरमा नेपाल एसिसिएटतर्फ उत्कृष्ट चारमा रहँदै २०२२ सम्मका लागि ओडीआई मान्यता पाएको थियो । तर अब त्यो मान्यता एक वर्ष थप भएको हो ।
२०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले अहिलेसम्म जम्मा १० ओडीआई खेल खेलेको छ । जसमा नेपालले ५ जित र ५ हारको नतिजा निकालेको थियो ।






प्रतिकृया