• १० भदौ २०८३, बिहीबार
  • ३:५८ बिहान

चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ

प्रकाशित मिति

२०७७ कार्तिक २८ गते, शुक्रबार ०५:०५

काठमाण्डौ,कार्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गरेका छन् ।

सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पारे ।

Kamana Sewa

शुक्रबार अपरान्ह काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन गर्ने क्रममा उनले कोभिड–१९ को महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

Classic Tech Desktop

‘संकटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुन्न,’ मन्त्री गुरुङले भने,‘कोभिडकै कारण चलचित्र निर्माण समेत हुन नसकेको अवस्थामा त्यसलाई मुकाबिला गरेर अघि बढनुको विकल्प छैन ।’मन्त्री गुरुङले चलचित्र क्षेत्रमा हाल देखिएको संकटबारे सरकार जानकार रहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आवश्यक सुझाव दिन पनि चलचित्र क्षेत्रका लगानीकर्ताहरुबीच छलफल गराउने सोच अघि बढाइएको पनि बताएका छन् ।

उनले सरकारले साना तथा मझौंला उद्यमीहरु लगानीको अभावमा झनै मारमा परेको उल्लेख गर्दै उनीहरुलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिएका छन् ।

मन्त्री गुरुङले राष्ट्र र राष्ट्रियता, भाषा, संस्कृति, भूगोल सबैको संरक्षण र सवद्र्धन हुने गरी चलचित्र निर्माण गर्नुपर्नेमा पनि जोड दिए । हिमाल, पहाड, तराईका दूर्गम गाउँहरुमा जागरण ल्याउने खालका चलचित्र बन्न सकेमात्रै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुग्ने मन्त्री गुरुङको भनाई थियो । उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने पनि बताए । बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले चलचित्र निर्माण र हल संचालनका लागि आवश्यक वातावरण बनाईदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । त्यस अवसरमा मन्त्री गुरुङले बोर्डले निर्माण गरेको हलको पनि उद्घाटन गरे ।

प्रतिकृया