भारतको आग्रामा कार दुर्घटना, तीन नेपालीको मृत्यु
प्रकाशित मिति
२०७७ कार्तिक २७ गते, बिहीबार ०४:२०
एजेन्सी, २७ कार्तिक । भारतको आग्रामा कार दुर्घटनामा हुँदा तीन नेपालीको मृत्यु भएको छ । बिहीबार भएको सो दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।
दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका नेपाली दुर्घटनामा परेको बताइएको छ । मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको जनाइएको छ । मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेको स्थानीय प्रहरीले जनाएको छ । यस्तै, जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ ।

घाइतेहरुलाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ । आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो ।-दृष्टिबाट

Related
Recent News
- प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
- रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
- रसुवा बाढी : ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बालेनलाई मोदीको फोन, सम्भव भएसम्मको सहयोग गर्छौं’
- भारत, चीन र विश्व बैंकले भने, आवश्यकता बताउनुस्, सहयोग गर्छौं
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय
- बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत जुटाउन मुख्यमन्त्री थापाको निर्देशन
- त्रिशूलीमा आएको बाढीबाट १६ जनाको मृत्यु, ३६ जना घाइते
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया