• १६ असार २०८३, मंगलबार
  • ३:०१ बिहान

तारकेश्वर धाम निर्माण कार्यमा तिब्रता

प्रकाशित मिति

२०७७ कार्तिक २७ गते, बिहीबार ०८:२६

काठमाडौँ, तारकेश्वर नगरपालिका वडा नं. ३ मा निर्माण हुन लागेको तारकेश्वर धाम निर्माण कार्यले तिब्रता पाएको छ । काठमाडौँ महानगरपालिकाद्वारा काठमाडौँका सबै नगरपालिकासँग गरिएको नगर – नगर साझेदारी कार्यक्रमबाट तारकेश्वरमा धाम निर्माण हुन लागिएको हो । चारैतिर सार्वजनिक जङ्गल रहेको भूभागको बीचको करीब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिसम्म पुग्ने सिढीँ, सन्तमहन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेश द्वार निर्माण लगायत काम धमाधम भइरहेको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो । हामीले धाम निर्माण गर्ने कामलाई उच्च प्राथमिकतामा राखेका छौं नगर प्रमुख बोहराले भन्नुभयो “आन्तरिक र बाह्य पर्यटन पूर्वाधारको विकास गर्ने गरी धाम निर्माण कार्य तिब्रता दिएका छौं ।”

तारकेश्वर धामलाई पवित्र तिर्थस्थलको रूपमा विकास गर्दै सो क्षेत्रमा पर्यटन पूर्वाधारको संरचना निर्माण कार्यलाई नगरपालिकाले तिब्रता दिएको तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो । काठमाडौँ उपत्यकामा खुल्ला र हरियाली क्षेत्र कम हुँदै गएकाले नगरपालिकाले धाम क्षेत्रको संरक्षण, सम्बद्र्धन र एकीकृत विकास गरी आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने कार्यमा उच्च प्राथमिकता दिएको लम्सालको भनाइ छ ।

Kamana Sewa

तारकेश्वर धामको निर्माणको प्रगतिको विषयमा गत साता काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी महानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली लगायतका टिमले स्थलगत अवलोकन गर्नुभएको थियो ।
काठमाडौं महानगरपालिकाले जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र पार्क निर्माणका लागि प्रस्तावित योजनाका लागि एक ÷ एक करोड रुपियाँ प्रदान गरेको छ । तारकेश्वर नगरपालिकाले एक करोड रुपियाँ थप गरेर दुई करोडको लागतमा धाम निर्माण कार्य भइरहेको हो ।

Classic Tech Desktop

स्थलगत अवलोकनपछि महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — ‘पूर्वाधार विकासको काम सीमाविहिन काम हो । आफूसँगै छिमेकी नगरको समृद्धिलाई सँगै लिएर जाने नीतिअनुरुप हामीले सहयोग गरेका हौं ।” धाम निर्माण कार्यलाई तिब्रता दिदै तोकिएकै समयमा योजना सम्पन्न गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

काठमाडौं महानगरको बालाजु वाइपासबाट करीब १५ किलोमिटर दुरीको यात्रामा पाँचमाने हुँदै त्यहाँबाट आधा घण्टाको पैदल यात्रापछि शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै धाममा पुग्न सकिन्छ ।
यस ठाउँमा सतीदेवीको दायाँ तिघ्रो पतन भएर तारकेश्वर महादेव उत्पत्ति भएको जनविश्वाश छ । मन्दिरमा माघ महिना, र जनै पूर्णिमा लगायतका बेलामा मेला लाग्ने गरेको छ ।

प्रतिकृया