२२ प्रसारण लाइनलाई सर्वेक्षण अनुमति
प्रकाशित मिति
२०७७ कार्तिक २५ गते, मंगलवार ०६:५८
काठमाडौं, चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासमा २० ओटा नयाँ विद्युत् प्रसारण लाइन आयोजनाले विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र पाएका छन् । विभागका अनुसार ४०० केभीका ६ ओटा प्रसारण लाइनले सर्वेक्षणको अनुमतिपत्र पाएका छन् । उक्त ६ प्रसारण लाइनको कुल लम्बाइ ३८३ दशमलव ५ किलोमीटर रहेको छ ।
२२० केभीको १, १३२ केभीको ७ र ३३ केभीको ६ प्रसारण लाइनले सर्वेक्षणको अनुमति पाएको विभागको भनाइ छ । बिभागका अनुसार यी प्रसारण लाइनको कुल लम्बाइ क्रमशः ४९ किलोमीटर, १७३ किलोमीटर ६३ दशमलव ७ किलोमीटर रहेको छ ।

गत आवको पहिलो त्रैमासमा ८ आयोजनाले मात्रा सर्वेक्षणको अनुमति पाएका थिए । त्यो अनुसार चालू आवमा सर्वेक्षणको अनुमति पाउने प्रसारणलाइन आयोजनाको संख्या बढेको छ ।
आर्थिक अभियान दैनिकबाट साभार

Related
Recent News
- रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान सुरु
- भेनेजुएलामा शक्तिशाली दुई भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
- रास्वपा महाधिवेशन : आज पाँच पदाधिकारीका लागि मतदान, महिला उपसभापतिमा सोविता–तोसिमाबीच प्रतिस्पर्धा
- आज बढ्यो सुनको मूल्य, तोला कति ?
- डेङ्गी नियन्त्रणका लागि काठमाडौं महानगरले १ हजार ६५० जनशक्ति परिचालन गर्ने
- रास्वपा महाधिवेशन नसकिँदा संसद बैठक फेरि सर्यो
- को–को भए रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ? (मतपरिणामसहित)
- रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध
- विश्वकप : जापान र स्विडेनबीच पहिलो हाफ गोलरहित बराबरी
- प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश




प्रतिकृया