• ११ असार २०८३, बिहीबार
  • १२:४७ बेलुका

होमस्टेमा बढ्न थाल्यो पर्यटकको चहलपहल

प्रकाशित मिति

२०७७ कार्तिक २४ गते, सोमबार ०३:२८

टंक रेग्मी काठमाण्डौ, कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण करीब ७ महीना देखि बन्द रहेका होमस्टेहरुमा यतिबेला चहलपहल बढ्न थालेको छ । माहामारीका बिच पनि होमस्टेमा रमाउन आउने पर्यटकहरुलाई हिजो आज कोरोना भाइरसले कुनै प्रभाव पार्न सकेको छैन् । पछिल्लो समय होमस्टेहरुमा आउने वाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्यामा बढ्दै गएको छ ।

कोभिड १९ का कारण करीब ७ महिना देखि सरकारले गरेको लकडाउन र त्यसपछि गरिएको निषेधाज्ञाका कारण घरमै बस्नुपर्दा निसासिएका मानिसहरु यति बेला जनजिवन केहि सामान्य भएपछि पर्यटकीय क्षेत्रहरुमा रहेका होमस्टेहरुमा चहलपहल बढेको हो ।

Kamana Sewa

पर्यटकका लागि घुम्ने पर्यटकीय सिजन हुनु, नियमित रुपमा सवारी साधन सञ्चालन हुनु तथा आन्तरिक हवाई उडान नियमित हुनुले पर्यटकीय क्षेत्रमा सञ्चालित होमस्टेहरुमा पर्यटकको चहलपहल बढ्न थालेको होमस्टे एशोसिएसन नेपाल (होसान) का कोषाध्यक्ष सुरज बास्तोलाले बताउनुभयो । बास्तोलाले चैत ११ देखि सरकारले गरेको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य रहेको अवस्थामा दशैं पछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या बृद्धिले देशैभरका होमस्टे कर्मीहरु उत्साहित बनेको बताउनुभयो ।

Classic Tech Desktop

आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्न सफल भएको ग्रामीण पर्यटन (होमस्टे) सिजनमा देखा परेको कोरोना भाइरसका कारण देशै भरका होमस्टेहरु बन्द भए तर होमस्टे कर्मीहरुले बन्दलाई सदुपयोग गदै पाहुँनाको लागि आफ्ना घर कोठा रंगरोगन, निर्माण, वेडहरुको उचित व्यवस्थापन, सौचालय ,बाथरुम सफा र स्तरिकरण, घरवरिपरि फलफूलका बैगौँचा, तरकारी खेति, फलफूल विरुवा रोपण, कुखुरा, बाख्रा, हास पालनका लागि घर टहरा निर्माण गरी अन्य पर्यटकीय साँस्कृतिक गतिविधिहरुको निर्माण गरेर बसेकाले होमस्टेमा आउने पाहुँनाले पहिले भन्दा केहि फरक पनको महसुस गर्ने बास्तोलाले बताउनुभयो ।

शिष्ट बोली, पारीवारीक माहोल र आत्मीय व्यवहारका कारण पछिल्लो समय होस्टे जाने पर्यटकको संख्या बढेको पाईन्छ ।

 

प्रतिकृया