• ६ असार २०८३, शनिबार
  • १२:२३ बेलुका

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको जित

प्रकाशित मिति

२०७७ कार्तिक २३ गते, आईतवार ०६:२७

काठमाडौं, फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रेनसमाथि पीएसजीले ३(० को विजयी हासिल गरेको हो । पार्प डी प्रिन्सेजमा भएको खेलमा एन्जल डी मारियाले दुई गोल गर्दा एक असिस्ट उपलब्ध गराएका थिए । एक गोल भने मोइसे केअनले गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा मोइसे केअनले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले खेलको ११औं मिनेटमा डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

Kamana Sewa

त्यस्तै २१औं मिनेटमा एन्जल डी मारियाले गोल गरे । उनले हेरेराको पासमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २(० को अग्रता दिलाए । दोस्रो हाफमा थप एक गोल पनि उनैले गरे । उनले खेलको ७३औं मिनेटमा गोल गरेका हुन् । डाग्बाको पासमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३(० को सहज जित दिलाए ।

Classic Tech Desktop

 

प्रतिकृया