• ८ असार २०८३, सोमबार
  • ३:१७ बेलुका

भारतीय सेनाअध्यक्ष नरवणेद्धारा नेपाली सेनालाई विभिन्न मेडिकल सामाग्री प्रदान

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०३:४०

काठमाडौं, नेपालको तीन दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई आज मेडिकल सामाग्री हस्तान्तरण गरेका छन्। हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच भारतीय सेनाअध्यक्ष नरवणेले ती सामाग्री नेपाली सेनालाई उपलब्ध गराएका हुन् । प्रदान गरिएका मेडिकल सामग्रीमा नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, एम्बुलेन्स लगायत छन् ।

Kamana Sewa

Classic Tech Desktop

दूतावासद्वारा प्रेस विज्ञप्तिको पूर्णपाठ :

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेद्वारा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग नेपाली सेनाको जंगी अड्डामा भेट, फिल्ड अस्पतालका लागि उपकरण तथा भेन्टिलेटर उपहारस्वरुप प्रदान

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौं आइपुग्नुभयो । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा र भारतीय राजदूतावासका अधिकारीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई विमानस्थलमा स्वागत गरेका थिए ।

आज विहान आयोजित एक विशेष समारोहमा भारतीय सेना प्रमुख नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी मृत शहीदहरु प्रति श्रद्घान्जली अर्पण गर्नुभयो । तत्पश्चात उहाँ नेपाली सेनाको जंगी अड्डा पुग्नुभयोे जहाँ नेपाली सेनाको एक टुकुडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । त्यस लगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुभयो । सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भयो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ् पनि गरेका थिए ।

भारत सरकारको तर्पmबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभयो । कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पु¥याउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरियो । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।

भारतीय राजदूतावास
काठमाडौं, नेपाल
२०७७ कार्तिक २०

प्रतिकृया