• ८ असार २०८३, सोमबार
  • १०:४४ बिहान

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०९:०८

८ असार २०८३ चितवन – चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए।

Kamana Sewa

घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान २ः४० बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Classic Tech Desktop

दुर्घटनापछि ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ निवासी २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया