• ७ असोज २०८३, बुधबार
  • १ः४३ दिउँसो

एशियाली शेयर बजार ३ वर्षकै उच्च स्तर नजिक

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०२:४४

एजेन्सी, बिहीबार एशियाली शेयर बजारमा तीव्र वृद्धि देखिएको छ । लामो समयदेखि चर्चामा रहेको अमेरिकी चुनावमा जो बाइडन बढी मतका साथ अगाडि रहेकाले लगानीकर्ताहरु आशावादी हुदाँ एशियाली शेयर बजार ३ वर्षयताकै उच्च स्तर नजिक पुगेको बताइएको छ ।

National Life

यसदिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर १.३ प्रतिशतले बढेको छ। यो सन् २०१८ फेब्रुअरी यताको उच्च हो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन पूर्व निराश देखिएको विश्व बजार मत परिणाम सार्वजनिक हुन थाले सँगै बढ्न थालेका छन्। बुधवार विश्व भरिकै बजारमा बिद्धि देखियो भने बिहीबार बिहान खुलेका बजारमा समेत बढोत्तरी देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसमा अमेरिकी प्रमुख शेयर बजार न्यास ड्याक सूचक ४ प्रतिशतले बढेर बन्द भयो। यसका अतिरिक्त युरोपियन बजारमा पनि तेजी देखिएको छ। आज बिहानै देखि खुलेका एसियाली शेयरबजारहरुमा सानदार बिद्धि भइरहेको छ। बुधवार विश्वकै शेयर बजारमा शेयरको माग उच्च देखिएको छ। अमेरिकी बजार डाउ जोन्स १३.३४ प्रतिशत बढ्दा सूचक ३६७.६३ अंक भन्दा बढी बढेर २७ हजार ८४७.७० अंकमा पुगेर बन्द भएको छ।

न्यास ड्याक इन्डेक्स ४.४१ प्रतिशत बिद्धिका साथ ४९७.११ अंक बढेर ११ हजार ७७० मा बन्द भएको थियो। एसएंन्डपि ५०० इन्डेक्स २.२० प्रतिशतले बढेर ३४ सय ३४.४४ अंकमा पुगेर बन्द भएको छ। बुधवार युरोपियन बजारमा पनि तेजी देखिएको थियो। बेलायतको प्रमुख शेयर बजार एफटिएसइ १.६७ प्रतिशत बढेर बन्द भएको थियो। उता फ्रान्सको क्याँक २.४४ प्रतिशतले बढेर चार हजार ९२२.८५ अंकले बढेर बन्द भएको छ। बुधवार जर्मनीको ड्याक्स १.९५ प्रतिशतले बढेर १२ हजार ३२४.२० अंकमा बन्द भयो।

बुधवार बिहानै खुलेका एसियाली शेयर बजारमा हरियाली देखिएको छ। हङकङको शेयर बजार ह्याङस्याङ पनि ५४१ अंक भन्दा बढी बढी सकेको छ। चीनको शंघाइ कंम्फोजिट ०.८८ प्रतिशत र भारतको बिएससि सेन सेक्स ५६० अंकले बढेर ४१ हजार माथि उक्ली सकेको छ। यसैगरी जापानको निक्केई सूचक १.१ प्रतिशतले बढेर ९ महिनायताकै उच्च स्थानमा पुगेको छ भने दक्षिण कोरियाको शेयर बजारमा १.५ प्रतिशतको बढोत्तरी देखिएको छ ।

यता चिनीयाँ ब्लू चिप्स शेयरमा ०.८ प्रतिशतको बढोत्तरी देखिएको छ । बिडेन राष्ट्रपति पदमा चुनिएसँगै अतिरिक्त शुल्क फिर्ता हुने अपेक्षासँगै चिनीयाँ शेयरमा बढोत्तरी देखिएको हो ।

एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्स ०.१ प्रतिशतले बढेको छ ।-मेरोलगानी/File Photo

प्रतिकृया