• ८ असार २०८३, सोमबार
  • ३:१७ बेलुका

नापी कार्यालयका प्रमुख बिष्ट सम्मानित

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ०७:३१

भक्तपुर, नापी कार्यालय भक्तपुरका कार्यालय प्रमुख ज्ञानेन्द्र कुमार बिष्टको बिदाइ गरीएको छ । नापी र मालपोत कार्यालयका कर्मचारीप्रति सर्वसाधारणको सकारात्मक धारणा बन्न नसकिरहेको परिपेक्षमा कार्यालय प्रमुख बिष्टले भने भक्तपुरमा सकारात्मक प्रभाव पार्न सफल भएका छन् । कार्यालयले राखेको बिदाइ कार्यक्रममा कार्यालय प्रमुख बिष्टले नापी कार्यालय भक्तपुरमा गरेको राम्रो कामको स्मरण गर्दै नागरिक समाज भक्तपुरले उनलाई सम्मानित समेत गरेको छ ।

आइतवार भक्तपुर नागरिक समाजले बिष्टलाई प्रशंसा पत्र र मायाको चिनो दिंदै बिदाइ गरेको हो । जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीहरुलाई बिश्राम कक्ष बनाइ सोहीस्थान बाट सेवा दिने कार्यको शुभारम्भ गरे वापत बिष्ट प्रशंसाको पात्र भएका समाजका अध्यक्ष प्राडा उत्तमकृष्ण कर्माचार्यले बताए ।

Kamana Sewa

बिष्टले बिबाद रहित भएर आफ्नो कार्यकाल पूरा गरेका हुन् । उनले कार्यालयमा बिचौलियालाई प्रवेशमा कडाइ गरेका थिए भने विद्युतीय टोकन प्रणाली जडान गरी पालोप्रणालीलाइ प्राथमिकतापूर्वक अघि बढाएका थिए । कार्यालयका धेरै कामलाई डीजिटळाईज्ड गरेका बिष्टले कार्यालयमा बैकल्पिक उर्जासमेत जडान गरेका थिए ।

Classic Tech Desktop

जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसंग राम्रो समन्वय गर्न सफल बिष्ट सृजनशील स्वभावका जनमैत्री कार्यालय प्रमुखका रुपमा भक्तपुरमा परिचय बनाउन सफल भएका थिए । बिष्टको नापी बिभागमा सरुवा भएसंगै उनको ठाउँमा चितवनबाट मग्नु दत्त सरुवा भई आएका छन् ।

प्रतिकृया