• ८ असार २०८३, सोमबार
  • ६:०९ बेलुका

गौरादह हत्याकाण्ड प्रकरण :भीम भण्डारी पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०९:३३

काठमाडौँ, झापाको गौरादह– १ की मनमाया भण्डारीको हत्या भएको विषयमा प्रहरीले अनुसन्धानको लागि उनकै श्रीमान भीम भण्डारीलाई पक्राउ गरेर म्याद थप गरेको छ ।असोज १३ गते बेलुका साढे ४ बजेतिर मनमायाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार भीमलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

मृतकको पोस्टमार्टम रिपोर्ट र अभियुक्तले दिएको बयानका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले भण्डारीलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप भएको पण्डितले बताए ।अनुसन्धान जारी रहेको र अहिलेसम्मको अनुसन्धानमा घटनास्थलमा श्रीमान रहेको र उनले नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Kamana Sewa

प्रतिकृया