• ८ असार २०८३, सोमबार
  • ६:११ बेलुका

१३ बर्षीया बालिकाको बलात्कारपछि हत्याको आशंका

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार ०९:२०

रौतहट, रौतहटको पूर्वीभेग बृन्दाबन नगरपालिकामा एकजना बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । बृन्दाबन नगरपालिका वडा ४ हरदिया गाँउका बैधनाथ साह कानुको नाम नखुलेको १३ बर्षीया छोरीको शुक्रवार बलात्कारपछि हत्या भएको आशंका गरिएको मेयर रामस्नेही यादवले जानकारी दिए ।

बिहान ९ बजे घाँस काटन गएकी बालिकाको हरदिया गाँउको केही पर रहेको उँखुघारीमा बलात्कारपछि हत्या भएको हुनसक्ने मेयर यादवले बताए अपरान्ह ३ बजे गाँउलेहरु घाँसलिन जाँदा उँखुघारीमा बालिकाको शव देखेपछि घटना बाहिर आएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले घटनाको पुष्टि गरे । ईलाका प्रहरी कार्यालय गरुडा बाट प्रहरीको टोली घटनास्थल पुगीसकेको तथा आफू स्वंय घटनास्थल गइरहेको बताउँदै घटनाबारे पूर्ण बिवरण आउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Kamana Sewa

प्रतिकृया